मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतको एक तेल मिल बिषालु ग्यासका कारण नौ जनाको मृत्यु

भारतको एक तेल मिल बिषालु ग्यासका कारण नौ जनाको मृत्यु


नयाँदिल्ली । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्यु भएको छ ।
 
महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । नौ जना कामदारको तेलमिलभित्रै मृत्यु भएको सो स्रोतले जनाइएको छ । 
 
राति घटनाभएपछि ट्याङ्कीबाट सात जनाको शव र मङ्गबार विहानै थप दुई जनाको शव निकालिएको लातुर औद्यौगिक क्षेत्रका एक प्रहरी अधिकृतले मङ्गलबार जानकारी दिएका छन् । 
 
अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको र नजिकैको स्वास्थ्य संस्थामा उपचार गराइएको उनले जानकारी दिए । उनको विवेकानन्द अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले जनाएका छन् । प्रहरीले घटनाका दोषी पत्ता लगाई कारबाही गर्न मुद्दा दर्ता गरेको छ । मिलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । रासस / सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares