मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको ड्यालसमा छोराछोरी पुस्ताको सकृयता

अमेरिकाको ड्यालसमा छोराछोरी पुस्ताको सकृयता


ड्यालस (अमेरिका)– बाउ पुस्ताले भुकम्प पीडितका लागि उठाएको रकम सदुपयोग नभएको र जताततै निन्दा हुन थालेपछि अमेरिकामा रहेका छोराछोरी पुस्ता त्यो कलंक मेट्न सकृय भएका छन्।
 
भरखरै १६/१७ वर्ष उमेर पुगेका नेपालीमुलका युवापुस्ताहरुले मातृभूमिका लागि रचनात्मक सहयोग गर्ने अभियान ड्यालसबाट थालनी गरेका छन्। उनीहरुले यो अभियानका लागि आइतबार नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट डेलिसीलाई बोलाएर कार्यक्रम समेत गरे।
 
‘ड्यालस एभरेष्ट लियो क्लब’ ले नेपालका भुकम्प पीडितहरुका लागि सहयोग संकलन गर्न स्थानीय युलेस सिटीमा पदयात्रा आयोजना गर्‍यो। त्यो पदयात्राका लागि भर्जिनियादेखि डेलिसी ड्यालस आइपुगेका थिए। तीन घण्टासम्म चलेका कार्यक्रममा टेक्ससको ड्यालस, फोर्टवर्थ लगायतका क्षेत्रबाट उल्लेख्य संख्यामा नेपालीहरुको सहभागिता थियो। 
पन्चे बाजामा नाच्दै / रमाउदै 
अघिपछि नेपाली समुदायले गर्ने कार्यक्रममा बिरलै सहभागी हुने टिनएजरहरुको यस पटक असाध्यै राम्रो सहभागिता थियो। युवाहरुको लोभलाग्दो सहभागिता देखेर पूर्ब राजदूत डेलिसीले भने–‘नेपाल असाध्यै सुन्दर देश, असाध्यै राम्रा मानिसहरु बस्ने देश हो। यतिखेर नेपाललाई सबैको साथ र सहयोगको जरुरत छ।’
 
नेपालको समस्या समाधान गर्न नेपालीले सक्ने उल्लेख गर्दै डेलिसीले त्यसका लागि दह्रो प्रतिवद्धताको आवश्यकता रहेको बताए। सोही अवसरमा लियो क्लबका गभर्नर बिल सिल्भरमेनले युवाहरुको सकृयताको प्रशंसा गर्दै मानवीय सेवामा लियो क्लब अग्रणी रहेको बताए।
 
त्यस अवसरमा एभरेष्ट लियो क्लबका अध्यक्ष अर्पण काफ्ले, स-सचिव आयुषा भण्डारी, बिएन पन्त, सुरेश बस्याल लगायतले कार्यक्रमको औचित्यका विषयमा बोलेका थिए। आइतबार गरिएको पदयात्राबाट  लगभग पाँचहजार डलर संकलन भएको छ। सो रकम नेपालमा पठाइने जानकारी आयोजकहरुले दिएका छन्। 
 
सोरवेको १००० कार्यक्रमः
नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट डेलिसी 
 
यसैबीच पूर्ब राजदूत डेलिसीद्वारा स्थापित संस्था सोरवे फाउण्डेसनले ‘दी सोरवे १०००’ अभियान सुरु गरेको छ। उक्त अभियान अन्तरगत एकहजार स्वयम्सेवी दाताहरु बनाइने र उनीहरुबाट नेपालका निम्ति दैनिक कम्तिमा ३३ सेन्ट संकलन गरिनेछ। 
 
एकहजार स्वयमसेवीबाट प्रदान गरिएको रकम नेपालका लागि खर्च गरिने डेलिसीले हिमालय खबरसँग बताए। सामाजीक संस्थाका रुपमा दर्ता भएको सोरवे फाउण्डेसनलाई प्रदान गरिएको रकम करमा कट्टी गर्न सकिन्छ।