मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने


क्यानाडा (ओट्टावा) । क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन् । 
 
ट्वीटरमार्फत् उनले भनेका छन्, ‘जसले हिंसा, आतङ्क र युद्ध भोगिरहेको छ, ती सबैलाई क्यानाडाले स्वागत गर्न चाहन्छ ।’ त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारेका छन् । ‘विविधता हाम्रो शक्ति हो, क्यानाडामा स्वागत छ,’ उनले ट्वीटमा लेखेका छन् ।  
 
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्वीट गरेका हुन् ।  
 
ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन् । 
 
सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ । सो आदेशका विरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ । रासस / एएफपी