मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच लामो वार्ता

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच लामो वार्ता


वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही मह¤वपूर्ण विषयमाथि घण्टौँ लामो टेलिफोन वार्ता भएको छ । 
 
दुवै देशका राष्ट्रप्रमुखबीच भएको सो वार्ताका धेरै विषयमध्ये प्रमुख दुईवटा एजेण्डा–पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलेदेखि नै रुसमाथि लगाएको विभिन्न खाले प्रतिबन्धका भविष्यबारे प्रश्न र आतङ्ककारी इस्लामिक स्टेट (आईएस) समूहलाई परास्त गर्न दुवै देशबीच सैनिक सहयोग प्रर्वद्धन गर्ने मार्ग पहिल्याउनेलगायत अन्य विषय पनि परेका छन् । 
 
ह्वाइट हाउसले दुई समकक्षीबीच गहिरो वार्ता भएको औपचारिक पुष्टि गरेता पनि कुन–कुन विषयमा वार्ता भए भन्ने विस्तृत विवरण भने खुलासा गरेको छैन । 
 
मर्मत, सुधारको आवश्यकता परेको अमेरिका–रुसबीचको सम्बन्धमा यस वार्ताले मह¤वपूर्ण सुरूवात गर्नु भन्दै ह्वाइट हाउसले यसबारे एक विज्ञप्ति प्रकाशन गरी छोटो जानकारीसम्म दिएको छ ।
 
दुई उच्चस्तरीय नेताबीच चलेको सो वार्तामा दुवै देशको संयुक्त दुस्मनको रुपमा खडा रहेको आईएस सशस्त्र आतङ्ककारी समूहलाई निष्प्रभावी र परास्त गरी सिरियासहित सम्पूर्ण विश्वमा स्थायी शान्तिको उपलव्धिका लागि द्विपक्षीय सैनिक सहयोगलगायत अन्य श्रृङ्खलावद्ध विषयमाथि छलफल भएको जनाइएको छ ।
 
वार्ताका क्रममा दुवै राष्ट्रपतिले यस मामिलामा आतङ्कवादविरुद्धको युद्धमा गठबन्धनका साझेदार (कोएलिसन पार्टनर)का रुपमा सहकार्य गर्ने समझदारी गरेको बताइन्छ । 
 
यता, रुसी राष्ट्रपतिको कार्यालय–क्रेमलिनले भने ह्वाइट हाउसबाट प्रकाशित विज्ञप्तिको विपरित रुस र अमेरिकाबीच मन्द–मन्द गतिमा चलिरहेको व्यापार, वाणिज्य र आर्थिक गतिविधिमा सुधार र प्रबद्र्धन एवम् दुवै देशका व्यापारिक वृत्तमा सशक्तीकरण सम्बन्धमा वार्ता भएको जनाएको छ । 
 
यस अतिरिक्त, आतङ्कवादविरुद्धको युद्धमा दुवै देशको सहकार्य, अरब–इजरायलबीचको मनमुटाव र आपसी द्वन्द्व, इरानको आणविक हातहतियार उत्पादन तथा भण्डारण योजना, कोरियाली प्रायःद्वीपको आपसी झै–झगडा, युक्रेनको सङ्कटजस्ता अन्तर्राष्ट्रिय मामिलाका जल्दाबल्दा विषयमा दुई उच्चस्तरीय नेताहरुबीच छलफल भएको भनी क्रेमलिनले जनाएको छ । रासस / एपी