मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन टेक्सस सम्मेलनको तयारी पुरा

एनआरएन टेक्सस सम्मेलनको तयारी पुरा


टेक्सस(अमेरिका)- गैर आवासीय नेपाल संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको शनिवार हुन लागेको पांचौ बार्षिक साधारण सभाको तयारी पुरा भएको सभा संयोजक राम सी पोखरेलले जनाएका छन् । एनआरएन अमेरिकाका उपाध्यक्ष समेत रहेको पोखरेलले सभामा झण्डै अमेरिकाका विभिन्न राज्य र क्यानडावाट समेत गरी करिब पांचसय जनाको सहभागिता हुने जानकारी दिएका छन् ।
संयोजक पोखरेल द्धारा वुधवार सार्वजनिक विज्ञप्ति अनुसार सम्मेलनमा उद्घाटन सत्र पछि महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने छ । सम्मेलनको आकर्षणका रुपमा आर्थिक कुटनीति र डायोस्पराको लगानीका विषयमा छलफल पनि हुने कार्यक्रम छ । उद्घाटन सत्र लगायत उक्त छलफलमा पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत, नेपाली राजदुत डा अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले संशोधन गर्ने कार्यक्रम छ । एनआरएन अमेरिकाको विधानका वारेमा पनि छलफलहुने कार्यक्रम छ । 
 
सम्मेलनप्रति अमेरिकामा वस्ने नेपाली समुदाय निकै उत्साहित रहेको आयोजकको दावी छ । नेपाली समुदायको यो उत्साहलाई हामीले  असाध्यै सकारात्मक रुपमा लिएका छौं डा केशव पौडेलले विज्ञप्तिमा भनेका छन् एनआरएन अमेरिकालाई अझै सशक्त रुपमा अघि वढाउन हौसला दिएको छ । 
 
सम्मेलन नेपाली विच एक आपसमा भेटघाट, आत्मियताको साटासाट गर्ने थलो हुनुका साथै नेपाली समुदायको उपस्थितीलाई अमेरिकामा अझै सबल रुपमा अघि वढाउनका लागि योजना वनाउने थलो समेत हुने पोखरेलले जनाएका छन् । 
 
प्रेस विज्ञप्ती
गैर आवासीय नेपाली संघ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही जनवरी १४ टेक्ससको ड्यालसमा हुन लागेको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा भएको छ ।  'Enhancing unity & integration- Our action for Vision 2020 & beyond'  भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरुको उपस्थिती हुने अनुमान रहेको छ । एनआरएन अमेरिकाका १७ वटा च्याप्टरहरुबाट समेत सम्मेलनमा सहभागिता हुनेछ । सम्मेलनमा नेपालबाट माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत अन्य देशहरुबाट समेत अतिथीका रुपमा थुप्रै नेपालीहरुको आगमन हुनेछ ।
 
सम्मेलनका लागि अमेरिकामा रहेका नेपाली समुदाय निकै उत्साहित भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल भन्नुहुन्छ–‘नेपाली समुदायको यो उत्साहलाई हामीले असाध्यै सकारात्मक रुपमा लिएका छौं । यसले एनआरएन अमेरिकालाई अझै सशक्त रुपमा अघि बढाउन हौसला दिएको छ ।’
 
सम्मेलनको मुख्य आकर्षणको रुपमा Economic diplomacy & Diaspora Investment  का बारेमा पनि व्यापक छलफल हुनेछ । यो शत्रलाई माननीय परराष्ट्रमन्त्री डा. महत, अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले संबोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
 
सम्मेलन नेपालीबीच एक आपसमा भेटघाट, आत्मियताको साटासाट गर्ने थलो हुनुका साथै नेपाली समुदायको उपस्थितीलाई अमेरिकामा अझै सबल रुपमा अघि बढाउनका लागि योजना बनाउने थलो समेत हुनेछ । कार्यक्रममा सहभागी हुन आउनुहुने सबैलाई ड्यालसमा न्यायो स्वागतको लागि सबै तयारी पुरा भइसकेको व्यहोरा समेत अनुरोध गर्दछु । 
 
(राम सी पोखरेल)
संयोजक
पाँचौ बार्षिक साधारण सभा
गैर आवासीय नेपाली संघ, (एनआरएन) अमेरिका