मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्क टाइम्सको सुझाव छ नेपालको लामटागं यो बर्ष घुम्नका लागि राम्रो गन्तव्य

न्युयोर्क टाइम्सको सुझाव छ नेपालको लामटागं यो बर्ष घुम्नका लागि राम्रो गन्तव्य


विश्वकै प्रसिद्ध समाचार संस्था द न्युयोर्क टाइम्सले सार्वजनिक गरेको सन् २०१७ मा भ्रमण गर्न उपयुक्त ५२ गन्तव्यको सुचीमा नेपालको लामटागं क्षेत्रपनि परेको छ । संसारमा यो वर्ष जान सकिने हज्जारौं गन्तव्य छन् तर, शुरुआतका लागि हाम्रो केही सुझाव छन् जनवरी ४ को टाइम्सको अनलाइन संस्करणमा भनिएको छ । 
 
काठमाडौवाट उत्तरमा रहेको लामटागं राष्ट्रिय निकुञ्ज भित्र समुन्द्रसतहदेखि ४ हजार ३ सय मिटरमा रहेको गोसाईकुण्ड तालपनि पर्छ ।  नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लामा पर्ने यो निकुञ्जमा जैविक विविधताले भरिपूर्ण छ । चीनको तिव्वतसमेत छुने यो निकुञ्जमा हज्जारौं पर्यटक पुग्छन् । 
 
टाइम्सको उक्त सुचीमा भारतको पहाडी राज्य सिक्किम, ताजमहल रहेको सहर आग्रपनि परेको छ ।  माल्दिप्स पनि सुचीमा छ । नेपाल उक्त सुचीको ४३ औँ नम्बरमा छ । सुचीमा अमेरिकाको अमेरिकाका पोर्टल्याण्ड ओर्यागन, क्यालिर्फोनियाको नापा भ्याली, एरिजोनाको सिडोना लगायतका स्थानपनि परेका छन् ।