सिकागो (अमेरिका)– सिकागोमा हुनुहुन्छ भने सुरक्षामा विशेष सतर्क रहनुहोस ? सीएनएनले दिएको तथ्याङ्क अनुसार सिकागोमा सन् २०१६ मा ७ सय ६२ हत्या भएका छन् । यो अघिल्लो वर्ष भन्दा ५० प्रतिशतले बढी हो । सन् २००१ देखि यता सिकागोमा एक वर्षमा झन्डै ५ सयजनाको हत्या हुने गरेको तथ्याङ्कले देखाउंछ ।
फाद्र्स डे को सातामात्र १२ हत्या भएका छन् । १६ वर्षका बालकको समेत हत्या भएको छ । क्रिसमसको साता पनि एक दर्जनको हत्या भएको छ भने २७ जना बन्दुक गोली लागि घाइते भएका छन् । सिकागो पछि धेरै अपराध भएका सहरमा लसएञ्जलस, न्यूयोर्क छन् । न्यूओरल्यान्स, सेण्ट लुइस, डेट्टरोइट, बाल्टिमोर र नेवार्कपनि बढी अपराध हुने प्रतिव्यक्ति जनसङ्ख्याका आधारमा बढी अपराध भएका सहर हुन् ।
सिकागोमा भएका अधिकांश अपराध वन्दुकसंग सम्बद्ध छन् । सन् २०१६ मा मात्र ३ हजार ५ सय ५० गोली काण्ड भए । यसबाट ४ हजार भन्दा बढी प्रभावित भएको सिकागो प्रहरीले जनाएको छ । सिकागोमा वन्दुकसम्वन्धि कडा कानुन भए पनि यसबाट अपराध हुने क्रम भने राकिएको छैन । प्रहरीले सन् २०१६ मा मात्र ८ हजार ३ सय बन्दुक आफ्नो नियन्त्रणमा लिएको थियो । सिकागोमा बन्दुक समस्या जटिल भएको सीएनएनले जनाएको छ । गोली काण्डमा प्रयोग भएको ६० प्रतिशत बन्दुक राज्य बाहिर किनिएका थिए ।
आर्थिक र विरोजगारीलाई अपराधको मुख्य कारण रहेको धेरैको आरोप छ । तर, तथ्याङ्कमा भने बेरोजगारी दर सन् २०१५ मा ६ दशमलव १ प्रतिशत रहेकोमा २०१६ मा घटेर साढे ५ प्रतिशतमा झरेको छ ।फोटो साभार: सामाजिक संजाल (एजेन्सी)






प्रतिक्रिया