हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस)- नेपालीले विदेशमा सस्तो श्रममात्र बिक्री गर्दैनन् । सानो संख्यामा भएपनि विदेशमा अर्बौको वित्तीय कारोवार गर्ने नेपाली पनि छन् । रेष्टुरेण्ट, व्युटी पार्लर, विभिन्न खालका स्टोर, लगायतमा विदेशमा लगानी गर्ने नेपालीको संख्या जोड्दा हज्जारौं पुग्छ । अमेरिकामा मात्र नेपालीले एक सय अर्ब रुपैंया भन्दा वढी लगानी गरेका छन् ।
वेलायतलगायत युरोपमा नेपाली व्यवसायीको संख्या वढ्दै छ । लम्जुगंबाट अष्ट्रेलिया पुगेका शेष घले त्यहाँको एक सय धनीको सुचीमा छन् । शेषले त्यहाँ प्राविधिक शिक्षामा लगानी गरेका छन् । उनी गैर आवासिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष पनि हुन् । उनी मात्र होइन विदेशमा व्यवसायमा जम्ने नेपालीको यो सुची लामो हुदैंछ छ । तीमध्ये पनि विदेश र नेपालमा दुवै तिर करोडौ लगानी गर्ने अग्रणी चार जनामा शेष, विनोद चौधरी, उपेन्द्र महतो, र भवन भट्ट चर्चामा छन् ।
यी चारै जनाले नेतृत्व गरेको कम्पनीले नेपाल र विदेशका विभिन्न देशमा करोडौ लगानी भईसकेको छ । विदेशमा करोडौ लगानी गर्ने देखि सानोतिनो व्यवसाय गर्ने अधिकांश नेपालवाट पैसा लगेर कमाएका होइनन् । जहाँ वस्यो त्यही कडा मेहिनेतले कमाएर व्यवसायी वनेका छन् ।
नेपाललाई गरिब वनाएर विदेश पैसा लगे भन्ने जस्तो आरोपमा कुनै सत्यता छैन । यस्ता आरोप खाली सस्तो लोकप्रियताका लागि भनिएका हुन् । नेपालले अहिले गर्नु पर्ने विदेशमा लगानी प्रतिवन्ध लगाएको पंचायतकालिन एक पन्ने ऐनलाई परिवर्तन हो ।
विदेशमा यत्रो लगानी भएपनि विदेशमा रहेका नेपाली कुटनीति नियोगहरुले भने खासै चासो राखेको पाईदैन । बेला मौकामा व्यवसायीसंग विभिन्न सहयोग लिए पनि सरकारका तर्फवाट नेपाली समुदायका व्यवसायलाई सहयोग पुगेको छैन ।
विदेश र नेपालमा करोडौ लगानी गर्ने व्यवसायी मध्ये आउने शेष, विनोद, उपेन्द्र र भटट् अहिले नेपाल र नेपाल वाहिर वस्ने नेपाली समुदायका माझ चर्चामा छन् । आउने दिनमा यी चार जनाको व्यवसायले कुन उचाई लिन्छ यो पनि चासोको विषय छ । वहुराष्ट्रिय बन्दै गएका यी व्यवसायिवाट नेपाली समुदायले धेरै आशा पनि राखेको छ । हेरौं यी चर्चामा रहेका चार व्यवसायी ।
शेष घले

सरकारको छात्रवृत्तिमा युक्रेनवाट सिभिल इन्जिनियरिगंमा माटर्स घलेले केही समय नेपालको सरकारी सेवामा पनि काम गरेका थिए । थप शिक्षाका लागि सन् १९९० मा अष्ट्रेलिया पुगेका घले त्यही व्यवसायी वने ।
पाँच बर्ष अघि नेपालमा एकाएक चर्चामा आएका घले तीन बर्ष देखि गैर आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष पनि छन् । उनले नेपालमा पनि ठुलो लगानी गर्दैछन् । उनको समुहको १० अर्ब रुपैंयाभन्दा वढी लगानीमा काठमाडौमा पाँचतारे होटल निमार्ण हुदैंछ । यसवाहेक नेपालको जलविध्दुतमा पनि उनले लगानी गरेका छन् । अन्य क्षेत्रमा पनि उनी लगानी गर्न खोजिरहेको समाचारहरु आएका छन् । अष्ट्रेलिया र नेपाल वाहेक अन्य देशमा समेत उनको लगानी रहेको वताईन्छ । डेढ बर्ष अघि नेपालमा गएको महाभुकम्प लगत्तै उनी राहत र उद्धारमा जुटेका थिए । उनको कामको प्रशंसा पनि भयो । अहिले पनि उनको अगुवाईमा एनआरएनएले भुकम्प प्रभावितका लागि आवाश वनाउने लगायतका काम गरिहरेको छ ।
भवन भट्ट

अमेरिकामा भएको एक कार्यक्रममा उनले विदेशमा नेपालीको सवैभन्दा वढी आर्थिक कारोवार गर्ने कम्पनीमा आफुले नेतृत्व गरेको टीबीआई कम्पनी भएको दावी गरेका थिए । टीबीआईको विदेशमा २५ अर्ब रुपैंया भन्दा वढीको कारोवार रहेको उनको दावी छ ।
एनआरएनएका उपाध्यक्ष भट्टले नेपालमा पनि करोडौ लगानी गरेका छन् । धुलिखेल माउण्टेन रिर्सोट, कारोबार पत्रिका टीवीआईकै मातहत छन् । यसवाहेक ब्रुअरी, कलेज, गार्मेण्ट लगायतका क्षेत्रमा पनि उनको लगानी छ । नेपालमा अन्तराष्ट्रिय एयरलाइन्स उनको महत्वकांक्षी योजना थियो । तर, यो सफल हुन सकेन । नेपाल सरकारको नीतिका कारण विदेशी प्रतिस्पर्धीसंग एयरलाइन्स प्रतिस्पर्धी हुन नसकेकाले चल्न नसकेको कारण उनले दिएका छन् । सरकारको नीति नेपाली कम्पनीले अन्तराष्ट्रिय उडान गर्न सक्ने नभएको उनको भनाई छ । नेपालमा पनि उनले प्राय पुराना व्यवसाय किनेका छन् । तर यस्ता व्यवसायवाट आशातित फाइदा भने लिन सकेका छैनन् । गोरखा जिल्लाको राजनीतिक परिवारवाट पढ्न जापान पुगेका भवनले पनि विदेशमा शुरुका दिनमा सवैको जस्तै कडा मेहिनेत गरेको वताउंछन् । एनआरएनएको नेतृत्व लिने चाहना लिएका उनी प्रत्येक महिना जसो नेपाल पुगेका हुन्छन् । नेपालको राजनीतिक तहमापनि उनले प्रभाव राख्न थालेका छन् । जापान नेपाल अमेरिका लगायतका देशमा उनको लगानी छ ।
डा. उपेन्द्र महतो

म किन निजी विमान राख्दिन ? एक पटक यो प्रश्नमा उनले भनेका थिए, आफ्नो जहाज राखेर यात्रा गर्न नसकिने होइन त्यो झन झन्झट हुन्छ, रसियावाट आफ्नै जहाजमा यहाँ आउनु पर्यो भने १५ दिन अघि रुट स्विकृत लिनु पर्ने आदि आदि झन्झट हुन्छन् । फोब्र्स पत्रिकामा पनि उनी आउन चाहदैनन् । रसियामा व्यवसाय भएकै कारण उनी आफ्नो व्यवसाय सार्वजनिक रुपमा खुलेर देखाउन नचाहेको वुझिन्छ ।
कुनै वेला महतोले रसियाको राजनीतिक क्षेत्रमापनि राम्रो प्रभाव राख्थे । नेपालको राजनीतिक र प्रशासनिक तहमा पनि उनको राम्रो पकड छ । डा महतो विदेशमा हुने नेपाली समुदायको जमघटमा प्राय नेपाललाई नविर्सन सधैं आग्रह गर्छन । विदेशमा वसेपनि नेपाललाई नभुल्न उनको प्राय आग्रह हुन्छ । विदेशमा वस्ने नेपालीलाई वाहिर रहेपनि नेपालमा सम्पत्ति नवेचौं सकिन्छ भने धेरे थोर लगानी गरौं गर्ने उनको सुझाव छ । आफु नेपालको हरियो पासपोर्टमै विदेश भ्रमण गर्ने हुदां यसको नराम्रो अनुभव रहेको वताउंदै डा महतो भन्छन् नेपाली धनी नभई नेपालको हरियो पासपोर्टको पनि इज्जत हुदैंन ।
रसिया र नेपालमा मात्र होइन महतोले विदेशका अन्य देशमा पनि लगानी विस्तार गरेका छन् । केही दिन अघि उनी भारतिय धार्मिक गुरुवाट व्यवसायमा प्रवेश गरेका बाबा रामदेवसंग तस्विरमा देखिएका थिए । रामदेवसंग महतोको व्यवसायीक सम्वन्ध पनि रहेको वताइन्छ ।
विनोद चौधरी

चौधरी समुहका विश्वका विभिन्न देशमा झण्डै एक सय होटल संचालनमा छन् । महत्वकांक्षी र सधै अगाडीको सोच राख्ने क्षमता भएका विनोदको नेतृत्वमा रहेको चौधरी समुहले नेपालमा सिनेमा वनाउने देखि मोवाइल फोन सेट सम्म उत्पादन गरेको छ ।
श्रीलंकामा जातिय द्धन्द्ध चरम अवस्थामा हुँदा त्यहाँ होटल लिई उनले जोखिम मोलेका थिए । यो जोखिमले उनीलाई भारतको ताज समुहसँग मिलेर अगाडी जाने वाटोपनि सजिलो बनायो । त्यसवेला श्रीलंकामा लगानी गरेको ताज समुहको होटल अहिले निकै सफल छ । मालदिप्स, फिलिपिन्स, अमेरिका लगायतका देशमा उनको समुहका ठुला होटलहरु संचालनमा छन् । नेपालको सवैभन्दा धेरै नाफा कमाउने मध्येको एक नविल बैंकमा पनि ५० प्रतिशतभन्दा वढी सेयर विनोदकै परिवारको छ । नवलपरासीमा चौधरी ग्राम छ भने चिवतनमा वहुउद्देशिय भवनमा करिव १० अर्ब रुपैंया लगानी गरेका छन् । भारतमा मात्र वाईवाई उत्पादन गर्ने ८ वटा कारखाना छन् । भारतमा तयारी चाउचाउ बजारमा चौधरी समुहका उत्पादनको २५ प्रतिशत भन्दा वढी हिस्सा छ ।
यसवाहेक नेपालमा जलउर्जा, शिक्षा, होटल लगायत थुप्रै क्षेत्रमा चौधरी समुहले लगानी गरेको छ । व्यवसाय विस्तारको तिव्र चाहना विनोदमा अझै रोकिएको छैन । ६ दशक उमेर काटेका उनी जहिलेपनि नयाँ संभावना खोजिरहेका हुन्छन् । उनले लेखेको आत्मकथा नेपालमा वेष्टसेलर भएको थियो ।
प्रतिक्रिया