मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जनवरी ८ मा अमेरिकामा एकता दीवस

जनवरी ८ मा अमेरिकामा एकता दीवस


ड्यालस (अमेरिका)- गैर अावासीय नेपाली संघ (एनअारएन) अमेरिकाले अागामी जनवरी ८ मा एकता दीवस मनाउने निर्णय गरेको छ ।  
 
संघका अध्यक्ष डा. केशब पाैडेलकाे अध्यक्षतामा हालै बसेकाे बैठकले जनवरी ८ तारिक न्यूयोर्कमा एकता दीवस तथा शूभकामना अादान प्रदान कार्यक्रम अायोजना गर्रने निर्णय गरेको हाे । एनअारएनका मिडिया संयोजक सर्वज्ञ वाग्लेद्वारा जारी विज्ञप्तिमा प्रवासमा पनि नेपालीबीच एकताको सन्देश दिन र नयाँ वर्षको शूभकामना अादान प्रदानका लागि कार्यक्रम अायोजना गर्न लागिएको उल्लेख छ । 
   
'यो कार्यक्रमले नेपाली संघ-संस्था तथा सहभागी सबै नेपालीहरुबीच नयाँ वर्ष २०१७ (ईश्वी सम्वत्) को शुभकामना आदान प्रदान गर्नुका साथै नेपाली-नेपाली बीचको एकता अनि भाइचारालाई एक सुत्रमा बाँध्ने जमर्को गर्दै एकताको सन्देश फैल्याउने उद्देश्यलाई समेत अघि सार्ने हामीले विश्वास लिएका छौं ।
साथै एकताको नारा लिएर अमेरिकाको डालस टेक्सासमा सम्पन्न हुन गै रहेको गैर आवासीय नेपाली संघ,राष्ट्रीय समन्वय परिषद, अमेरिकाको पाँचौं वार्षिक साधारण सभाको ठीक एक हप्ता अगाडि गरिने यो कार्यक्रममा वार्षिक साधारण सभाको प्रचार प्रसार, तैयारी र सदस्यता वितरण तथा विधान संसोधन सम्बन्धि छलफल गरी स्थानीय तहमा अन्तिम सुझाव संकलन गर्न सकिने पनि सम्पूर्णमा सादार जानकारी गराउँदछौं,' विज्ञप्तिमा उल्लेख छ।
 

शेयर गर्नुहोस:

0
Shares