हिमालय खबर संबाददाता
लस एन्जलस, (अमेरिका)- बाँदर वर्ष पुरानभएर आउने चरा वर्षको तमु लोछ्हार लस एन्जलसबासी गुरुङ्गहरुले भव्य रूपमा मनाएका छन् ।
नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा गुरुङ समुदायका बृद्धहरुलाई खादाले सम्मान गरिएको थियो । संस्थाको महासचिव प्रकाश गुरुङ्गले सञ्चालन गरेका कार्यक्रमको सभापतित्व लस एन्जलस तमु समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले गरेका थिए । प्रमुख अतिथि अबैतानिक वाणिज्य दुत ऋषि ढकाल र लसएन्जल्सका लागि नबनियुक्त पर्यटन दुत रामेश्वर भण्डारी ले ल्होछार नयाँ बर्षको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
अमेरिकाको भूमिमा स्वच्छ मनका धनी गुरुङ्ग समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई बचाई राख्न यो कार्यक्रमको आयोजना गरिएको भन्दै अरू समुदायलाई पनि खुसी पार्न सक्ने यो प्रिय संस्कृतिलाई यो विदेशी भूमिमा पनि युगौं युग सम्म पनि बचाएर राख्नु अनुरोध गरेका थिए ।
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको समूह गुरुङ्ग समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरव हो भन्दै संस्थाका सल्लाहकार आशा गुरुड र ईश्वर गुरुङ्गले ल्होछारको महत्वका बिषयमा प्रष्ट पारेका थिए ।
नेपालकी प्रख्यात दोहोरी गायिका शिला आलेले मिठो स्वरले दोहोरी गितद्वारा सबैलाई मनोरन्जन गराएकी थिइन् ।कार्यक्रमको अन्त्यमा आगन्तुकहरुलाई धन्यवाद दिदै अध्यक्ष गुरुङले कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया