बिश्व घटना

फ्लोरिडामा कार दुर्घटना, एक नेपालीको निधन (दुखद समाचार)

फ्लोरिडामा कार दुर्घटना, एक नेपालीको निधन (दुखद समाचार)


फ्लोरिडा, (अमेरिका)– फ्लोरिडामा भएको कार दुर्घटनामा एक नेपालीको निधन भएको छ । फ्लोरिडामा बिहीबार भएको दुर्घटनामा २० बर्षिय संगम सुवेदीको निधन भएको छ । 
 
दुई दिनको अन्तरमा अमेरिकामा नेपालीको यो दोस्रो सवारी दुर्घटना हो । पश्चिमी राज्य वासिंगटनको सियाटलमा हिउँमा चिप्लिएर तीन दिन अघिमात्र नेपाली छात्राको निधन भएको थियो ।
 
अलाबामा राज्यमा बस्दै आएकी सुवेदी घुम्नका लागि फ्लोरिडा आएकी थिइन् । स्टेट रोड २० र अर्को हाइवे ७९ को ‘इन्टरसेक्सन’ मा रातो बत्तिमा नरोकिइ अघि बढ्दा कारलाई ट्रकले ठक्कर दिएको थियो ।
 
कारमा सवार अन्य दुई जना यात्रुहरुको भने ‘बे मेडिकल सेन्टर’ मा उपचार भइरहेको छ ।२० वर्षिय श्रद्धा सी ठाकुरी र १९ बर्षिय अलिशा पण्डितको उपचार भइरहेको छ । दुर्घटनामा निधन भएकी सुवेदी पनि कारमा यात्रु रहेको चिपलेपेपर डटकमले जनाएको छ । फोटो साभार: सामाजिक संजाल