मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फ्लोरिडामा कार दुर्घटना, एक नेपालीको निधन (दुखद समाचार)

फ्लोरिडामा कार दुर्घटना, एक नेपालीको निधन (दुखद समाचार)


फ्लोरिडा, (अमेरिका)– फ्लोरिडामा भएको कार दुर्घटनामा एक नेपालीको निधन भएको छ । फ्लोरिडामा बिहीबार भएको दुर्घटनामा २० बर्षिय संगम सुवेदीको निधन भएको छ । 
 
दुई दिनको अन्तरमा अमेरिकामा नेपालीको यो दोस्रो सवारी दुर्घटना हो । पश्चिमी राज्य वासिंगटनको सियाटलमा हिउँमा चिप्लिएर तीन दिन अघिमात्र नेपाली छात्राको निधन भएको थियो ।
 
अलाबामा राज्यमा बस्दै आएकी सुवेदी घुम्नका लागि फ्लोरिडा आएकी थिइन् । स्टेट रोड २० र अर्को हाइवे ७९ को ‘इन्टरसेक्सन’ मा रातो बत्तिमा नरोकिइ अघि बढ्दा कारलाई ट्रकले ठक्कर दिएको थियो ।
 
कारमा सवार अन्य दुई जना यात्रुहरुको भने ‘बे मेडिकल सेन्टर’ मा उपचार भइरहेको छ ।२० वर्षिय श्रद्धा सी ठाकुरी र १९ बर्षिय अलिशा पण्डितको उपचार भइरहेको छ । दुर्घटनामा निधन भएकी सुवेदी पनि कारमा यात्रु रहेको चिपलेपेपर डटकमले जनाएको छ । फोटो साभार: सामाजिक संजाल