मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एएनए का रिक्त पदहरुमा भट्टराई, धरेल र पराजुली

एएनए का रिक्त पदहरुमा भट्टराई, धरेल र पराजुली


नेपालीहरूको अमेरिकामा रहेको सबैभन्दा जेठो संस्था असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका (ए.एन.ए.) को हालै बसेको बैठक ले कार्यकारिणी समिति मा रिक्त रहेको बोर्ड अफ ड़ाइरेकटर' पदमा टेक्सस की यमुना भट्टराई लाई सर्वसम्मत मनोनयन गरेको छ। भट्टराई नेपाली समाज टेक्सस कि निवर्तमान उपाध्यक्ष तथा सकृय समाजिक  अभियन्ता हुन। 
 
त्यसै गरी रिक्त दुई सल्लहाकारमा टोरन्टो, कयानाडाका डा. तुलसी धरेल तथा एटलानटा, अमेरिकाका सी. के. पराजुलीलाई सर्वसम्मत मनोनयन गरेको जानकारी ए.एन.ए.अध्यक्ष डा. शम्भु ढुंगानाले गराउनु भयो। 
 
अव ए.एन.ए.कार्यकारिणी समिति यस प्रकार रहेको छ:
 
अध्यक्ष: डा. शम्भु ढुंगाना 
ब. उपाध्यक्ष: खगेन्द्र अधिकारी
उपाध्यक्ष: विजयराज भट्टराई (अमेरिका)
उपाध्यक्ष: मित्र काफ्ले (क्यानाडा)
महासचिव: डा. अनुप श्रीवास्तव 
कोषाध्यक्ष: डा गम्भीर श्रेष्ठ 
इन्फर्मेसन अफिसर: डा तुलसी जोशी 
बोर्ड अफ डाइरेक्टर: रमेश गुरुङ, श्याम सेढाई, र यमुना भट्टराई 
 
सन १९८३ मा  स्थापना भएको ए.एन. ए. उत्तर अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा ठुलो संस्था हो। यसले अमेरिका तथा क्यानाडा दुवै मुलुकमा नेपालीहरूको प्रतिनिधित्व गर्दछ। हाल पाच सय लाइफ मेम्बर रहेको यस संस्थाले नै अमेरिकामा नेपालीहरूको संस्थागत विकासको सुरुवात गरेको हो।