बिश्व घटना

महाशिवरात्रीमा पशुपतिनाथ तथा बुध्द मन्दिर उद्घाटन हुँदै

महाशिवरात्रीमा पशुपतिनाथ तथा बुध्द मन्दिर उद्घाटन हुँदै


लसएन्जलस (अमेरिका)– लसएन्जलसस्थित नेपाली संस्था पशुपतिनाथ फाउन्डेसनले अागामी अाइतबार सामुदायिक अन्तरकृया गर्ने भएको छ । 
 
स्थानीय नर्वाक शहरमा बनाउन सुरु गरिएको श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर निर्माणको क्रम अन्तिम चरणमा पुगेको र अागामी महाशिवरात्री पूजाको पावन अबसरमा मन्दिर र स्तुपाको उद्धाटन गर्ने तयारीमा फाउन्डेसन रहेको छ । त्यसै क्रममा फाउण्डेशनको तर्फबाट कार्य प्रगती सार्वजनिक गर्नेगरि अन्तरकृया राखिएको हो I
 
यही डिसेम्बर १८ तारिक अाइतबार ताराज् हिमालयन कुजिन 17221 Pioneer Blvd Artesia मा साँझ ७ देखि १० बजेसम्म छलफल राखिएको फाउन्डेसनका संयोजक राजेन्द्र शिवाकोटीले जानकारी दिए ।