ड्यालस (टेक्सस) – नेपाली सूचना प्रविधि क्षेत्रमन कृयाशील महाबीर पुनः टेक्सस आउने भएका छन् । नेपाली समाज टेक्सस र गैर आवासीय नेपाली संघ (एनआरएन) टेक्ससको आयोजनामा हुने कार्यक्रममा उनले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी दिने भएका छन् ।
झण्डै एक दशक अघि म्याग्दीमा ताररहित इन्टरनेट सेवा पु¥याए वापत एसियाको चर्चित म्यागासेसे पुरस्कार समेत पाएका पुनले टेक्ससका नेपाली सामु आफ्नो नयाँ योजना बारेमा जानकारी दिने कार्यक्रम रहेको एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले जानकारी दिए ।
पुन सोमबार साँझनै ड्यालस आउँदैछन् । उनलाई ड्यालसमा ल्याउने कार्यमा पुनले अध्यापन गराएको चितवनस्थित खैरहनी माध्यामिक विद्यालयमा अध्ययन गरेका भुतपूर्ब विद्यार्थीहरुले समेत सकृयता देखाएका छन् । त्यसै सन्दर्भमा ड्यालसमा रहेका उक्त स्कूलका पूर्ब विद्यार्थी माधब सिलवालले पुनलाई ड्यालस ल्याउने कार्यमा सहयोग गरेका छन् ।
मंगलबार साँझ ६ बजे अर्बिङस्थित टेम्पटेसन नेपाली रेस्टुरामा पुनसँग नेपाली समाजले छलफल कार्यक्रम राखेको छ ।
नेपाली समाज टेक्ससले उपाध्यक्ष कमल सापकोटालाई जिम्मेवारी दिएर पुनसँग अन्तरकृया गराउने भएको छ ।
‘उहाँले आपूmले सम्पत्ति समेत बेचेर सुरु गरेको आविष्कार केन्द्रका बारेमा यहाँ रहेका नेपाली समुदायलाई जानकारी दिनुहुनेछ,’ एनआरएन उपाध्यक्ष पोखरेलले भने । आविष्कार केन्द्रलाई सफलतासाथ सञ्चालन गर्नका लागि यहाँ रहेका नेपालीहरुसँग पुनले सहयोगको समेत अपेक्षा राखेका छन् ।
लामो समयसम्म नेपाल सरकार, दूरसञ्चार प्राधिकरण लगायत सूचना प्रविधिसँग संबन्धित संघसंस्थाबाट सहयोगको अपेक्षा राख्दै अघि बढेका पुनले ती निकायबाट सहयोग पाउन नसकेपछि एक्लै अघि बढेका छन् ।
प्रतिक्रिया