मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

निशुल्क फ्लु-शट शिविरबाट नेपाली लाभान्वित

निशुल्क फ्लु-शट शिविरबाट नेपाली लाभान्वित


 

 

ड्यालस (टेक्सस), अमेरिका– नेपाली समाज टेक्सास र पार्कर काउन्टी मेडिकल सोसाइटीको संयुक्त आयोजनामा निशुल्क फ्लु खोप अइतबार सम्पन्न भएको छ । परिवर्तित मौसमसँग जुध्न शरिरको एन्टिबडीलाई तयारी अवस्थामा राख्न यस समयमा फ्लु खोप लगाईन्छ ।

 

नेपाली समाज टेक्ससका सदस्य प्रेम पाठकका अनुसार एक सय जनाको लागि ब्यबस्था गरिएको खोप कार्यक्रममा करिव ७५ जना लाभान्वित भएका छन । कार्यक्रममा पार्करकाउन्टी अस्पतालका तर्फबाट स्वयमसेवीका मिसेल र नेपाली समाजका स्वयमसेवकहरुले सहयोग गरेका थिए ।   

 

यसै गरि चाँडै ने नेपाली समाज टेक्सस र ड्यालस एभरेष्ट लाईन्स क्लवको संयुक्त तत्ववधानमा निशुल्क आँखा शिविर गर्ने तयारी सुरू भएको छ । त्यसको तिथी छिट्टै प्रकाशन गरिने समेत सदस्य पाठकले जानकारी दिएका छन् ।