तस्बिर :सामाजिक संजाल
काठमाडाै – यो वर्ष अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि झण्डै १० हजार विद्यार्थी भर्ना भएका छन् ।
सोमबार सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार सन् २०१५ को तुलनामा २०१६ मा १८ दशमलव ४ प्रतिशतले नेपाली विद्यार्थी अमेरिकामा बढेका छन् । अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको संख्या विगत ६ बर्षदेखि लगातार घटिरहेको थियो ।
सन् २००९ देखी ३० प्रतिशतले घटेकोमा अहिले यो बृद्धि आएको हो। सन् २०१५-१६ को शैक्षिक सत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १० लाखले नाघेको छ । यो अघिल्लो वर्षभन्दा ७ प्रतिशतले ले बृध्दि हो। अमेरिकाका अक्लोहामा, टेक्सस लगायतका राज्यहरूमा नेपाली विद्यार्थीको संख्या उच्च रूपमा बढेका छन् ।
यो शैक्षिक सत्रमा ९,६६२ नेपाली विद्यार्थी अमेरिकाका बिभिन्न कलेजहरूमा भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ। साथै, अघिल्लो वर्ष अमेरिकी विश्वविद्यालय तथा कलेजले १० लाख ४४ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको नयाँ उचाइ प्राप्त गरेको थियो । नेपाली विद्यार्थी विद्यार्थी संख्याको ५ प्रतिशत हो ।
अन्तर्राष्ट्रिय शैक्षिक सप्ताहको सन्दर्भमा अमेरिकी दूतावासले सोमबार याक एन्ड यती होटेलमा सोमबार, शैक्षिक मेलाको आयोजना गरेको छ । विद्यार्थीहरुले २० वटा अमेरिकाको उच्च शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुसँग भेट्ने मौका पाएका थिए।
अमेरिकी दूतावासका कन्सुलर अधिकारीहरुले पनि विद्यार्थीहरुलाई कसरी राम्रो तयारी गर्ने, पढाईबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा आधारित सक्रिय छनौट गर्ने र, महंगा र अनावश्यक शैक्षिक कन्सलटेन्सीहरुको पासोबाट जोगिने बारेमा जानकारी दिनुभयो।

ओपेन डोर तथ्याङ्कको प्रकाशनसँगै संसारका अन्य देशहरुबाट नेतृत्वदायी क्षमता भएका विद्यार्थीहरुलाई अमेरिकामा पढ्न, सिक्न र अनुभव आदनप्रदान गर्न आकर्षित गर्ने हेतुले अन्तर्राष्ट्रिय शैक्षिक सप्ताह मनाइन्छ ।जुन अमेरिकी विदेश तथा शिक्षा मन्त्रालयको सामूहिक अभियान रहेको अमेरिकी दुतावासले जनाएको छ ।







प्रतिक्रिया