कोलोराडो, अमेरिका– अमेरिकाको कोलोराडोमा ‘खुम्बुकोल्स ग्लोबल नेपाली फिल्म अवार्ड २०१६’ शनिबार सम्पन्न भएको छ।
‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन गरि नेपाली कला संंस्कृतीलाई बिश्वसामु चिनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।
नेपाल फिल्म सोसाईटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटी नेपाल डटकमको संयुक्त आयोजनामा यो अवार्ड कार्यक्रम आयोजना गरिएको हो। कोलोराडो स्थित बुमफिल्ड नगरमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त सिने कर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रम पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रियगानबाट सुरु भएर फिल्म अवार्ड, पर्बतारोहीहरुलाई सम्मान तथा अभियान अवार्ड समेत वितरण गरिएको थियो।
उत्कृष्ट सिनेमा, कुशल निर्देशक, कुशल सिनेमाग्राफर, उत्कृष्ट नायक, नायिका लगायत बिभिन्न बिधामा फिल्म अवार्डहरु बितरण गरि सिनेकर्मीहरुलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथी तथा पूर्ब सञ्चारमन्त्री रिजाल, स्थानीय बु्रफिल काउन्ट्रि मेयर रेन्डी एरेन्स लगायत बिभिन्न अतिथी तथा प्रायोजकहरुबाट अवार्ड बितरण गरिएको थियो। सम्मानित हुनेहरुमा बसुन्धरा भुषाल, गिहिन्द्र धिमाल, बसन्त श्रेष्ठ, शिव श्रेष्ठ, भुवन केसी, शर्मिला मल्ल, सुनिल थापा, कृष्ण मल्ल, शम्भुजित बास्कोटा, दिबांगत नायक श्रीकृष्ण श्रेष्ठ, आरपी पन्थ, पुरुषोत्तम प्रधान, संजय लामा, राजबल्लब कोईराला, नन्दिता केसी, शिबहरि पौड्याल लगायत छन्।
दिबांगत नायक श्रीकृष्ण श्रेष्ठको सम्मान ग्रहण पछि मञ्चमा बोल्दैगर्दा उनकी जिवन संगिनी तथा नायीका श्वोता खड्का भक्कान्निए पछि केही समय हल स्तब्ध बनेको थियो। त्यसैगरी सोही कार्यक्रममा बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्नेहरुलाई समेत सम्मान गरिएको थियो।
यसैगरी कार्यक्रममा देश बाहिर बसेर पनि सिनेमा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने उद्धेश्यले कृष्ण मल्लबाट सुरु गरिएको अभियान अवार्ड पनि बितरण गरिएको थियो। यसरी अभियान अवार्डबाट सम्मानहरुमा लाक्पा शेर्पा, रोहीणी कुमार शर्मा, बिलोल पोख्रेल रहेका छन्।
कार्यक्रममा बसुन्धरा भुषाल, शिब श्रेष्ठ, भुबन केसी, शम्भुजित बास्कोटा, सुनील थापा, नन्दिता केसी, नारायण त्रिपाठी, शिबहरी पौड्याल, महादेब त्रिपाठी लगायतका कलाकारहरुले नृत्य, गीत तथा हास्यकला प्रदर्शन गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा फेशन शो, राष्ट्रभक्तिका गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए।
प्रतिक्रिया