मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको ड्यालसमा एकसय साताै लक्ष्मी जयन्ती

टेक्ससको ड्यालसमा एकसय साताै लक्ष्मी जयन्ती


 
ड्यालस (अमेरिका) ।  अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालस, टेक्सास शाखाको आयोजनामा अइतबार १०७औं लक्ष्मी जयन्ती तथा प्रतियोगितात्मक कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भयो । 
 
प्रतियोगीतामा कृष्ण खनाल प्रथम, ईश्वरी रिजाल दोस्रो, एवम् भगवती पौडेल र बलराम प्रसाद फूँयाल तृतीय हुनु भएको थियो । समाजका अध्यक्ष बासु शर्माको सभापतित्वमा भव्यताका साथ सम्पन्न भएको छ । 
 
कार्यक्रमको सुरूमा संस्थापक अध्यक्ष भीम कार्की र प्रभात दिक्षितले देवकोटाको जीवनीको चर्चा गर्नु भएको थियो । समाजका महासचिव प्रकाश पाण्डेले अतिथीहरुको स्वागत गरेका थिए ।  उक्त कार्यक्रमको संचालन समाजका सचिब अनेसासका  कपिल अधिकारीले गरेका थिए । 
 
कार्यक्रमा एनआरएन सल्लाहकार गौरी जोशी, एनअरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेत, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, एनआरएन च्याप्टर टेक्ससका उत्तम लामिछाने, ब्लड डोनरका अध्यक्ष नन्द रेग्मी, कानूनविद् गोपाल शाह, नेपाल अार्थिक पत्रकार समाजका पूर्व अध्यक्ष विजय घिमिरे, एएनएका उपाध्यक्ष बिजयराज भट्टराई लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । 
 
प्रतियोगात्मक कविगोष्ठी संचालनको निर्णायक मण्डलमा शैलेश आचार्य, तेन्जोङ सम्पाङ र बाशु भण्डारी रहनु भएको थियो । उक्त कर्यक्रममा हरेक वर्षझैं यस बर्ष पनि लक्ष्मी जयन्तीको अवसरमा समाजसेवी गौरी जोशीका तर्फवाट स्थापित पुष्पराज भुपकुमारी साहित्य पुरुस्कारको रकम प्रथम, दोस्रो, तृतीय कवि-कवियत्रीहरुलाई क्रमस: तीनसय, दुइसय र एकसय अमेरिकी डलर वितरण गरिएको थियो । 
 
समाजसेवी गौरी जोशीले पुष्पराज भुपकुमारी साहित्य गुठीको स्थापना गरि नेपाली साहित्यको प्रबर्धनका लागि प्रवासमा सन २००८ देखि निरन्तर रुपमा सहयोग गर्दै अउनुभएको छ ।   
 
कार्यक्रममा करिब दुई दर्जन भन्दा बढी कवि तथा कवियत्रीहरुको सहभागिता थियो । प्रतियोगितामा भीम कार्की, वाशु शर्मा, बलायर प्रत्याशी, कृष्ण खनाल, धनन्जय ढकाल, डा. नन्द रेग्मी, नेत्र आचार्य, ज्ञ्यानेश्वर अमात्य लगायतका कवि तथा कवियत्रीहरुले बिभिन्न प्रतियोगी एवम् अप्रतियोगी कविताहरु प्रस्तुत गर्नुभएको थियो । 
 
कार्यक्रम अन्त्यमा वाशु शर्माले देवकोटाको बहुआयामिक ब्यक्तित्वका बारेमा चर्चा गर्नु भएको थियो । प्रतियोगी कविहरुलाई पुरुस्कार पुष्पराज भुपकुमारी साहित्य पुरुस्कार गुठीकका तर्फवाट भुपकुमारी जोशी र प्रमुख अतिथी सरला चापागाईले वितरण गर्नुभएको थियो । प्रमुख अतिथी चापागाईले देवकोटाको बहूआयामिक ब्यक्तित्वको चर्चा गर्दै कबिताहरु प्रस्तुत गर्नु भएको थियो ।
——————–
प्रथम पुरस्कार पाएको कविता 
आमा 
हे आम तिमी देवीकी मूर्ति म पूजूं कसरी
दंडबत गर्छु ,नमन गर्छु श्रद्धाले बेसरी!! 
मुटुमा माया राखेर तिम्रो अगाडि बड्दछू पल पल 
तिमिलाई समझेर आमा पुकार गर्दछु !! 
१ 
भुलेको छैन आफुले नखाई मलाई ख्वाएको 
आँखाका आंसू पियेर मलाई हुर्काई दिएको !! 
कठिन कति भो होला तिम्लाई म आज जान्दछु 
तेसैले देवीको मूर्तिमा नि तिमिनै देख्दछु !! 
२ 
देबता मैले देखेको छैन देखन नि खोजदीन 
मेरो त देवी देबता सबै अमा हून भुल्दीन !!
 मेलाको खाजा पोल्टामै साचेऊ आफुले खाइनौ 
नमीठो खायेउ मिठो चाही मलाई आफुले खाइनौ !! 
३ 
घाँसको भारी दाऊराको भारी पसीना तर तरी 
गाउँ र बेशी उकाली गरेउ खाइनौ पेट भरी !!
 पधेरो टाढा उकालो बाटो दुइ गाग्री पानी छ 
घरधन्दा सकी खेतालो जान्थेउ काखमा नानी छ !! 
४ 
आफ्नो केहि स्वार्थ नराखी मनमा हुर्काई दिएकी 
सृष्टि की खानी आमा नै भनी सिकाई दिएकी !! 
जाडोको मौसम झरीको बेला छातीमा टासेर 
आजको दिन ख़ुशी छू तिम्रो ममता पाएर !!