मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एटीएण्डटीले टाइम वार्नर कम्पनी किन्ने निर्णय

एटीएण्डटीले टाइम वार्नर कम्पनी किन्ने निर्णय


अमेरिकाको दूरसञ्चार कम्पनी एटीएण्डटीले टाइम वार्नर कम्पनी किन्ने भएको छ । यसका लागि एटीएण्डीटीले ८५ अर्ब ४० करोड अमेरिकी डलर झन्डै ९० खर्व नेपाली रुपैंया तिर्ने संचारमाध्यमहरुले जनाएका छन् । 
 
सञ्चार क्षेत्रमा यसलाई सबैभन्दा ठुलो  किनवेचका रूपमा लिइएको छ । ठुलो नै राम्रो हुन्छ भन्ने मान्यता अमेरिकको दूरसञ्चार क्षेत्रमा हाबी छ। यस अघि पनि कमकाष्टले एनवीसी युनिर्भसल किनेको थियो । 
 
आफ्नो सेवालाई अझ बृहत् बनाउन एटीएण्डीटीले ठुलो धनराशी खर्च गरेर टाइम वार्नर कम्पनी किनेको हो । टाइम वार्नर प्रवद्र्धन समूहसँग सिएनएन लगायत अन्य सञ्चार कम्पनीपनि छन् । 
 
दुवै कम्पनीका तर्फबाट शनिवार अन्तिम रूप दिइएको यो किनवेचलाई अमेरिका सरकारी निकायबाट भने स्वीकृत पाउन बाँकी छ । 
 
एटीएण्डटी अमेरिकाको सबैभन्दा ठुलो दूरसञ्चार सेवा दिने कम्पनी हो । टेलिफोनको आविस्कारसंग सय वर्ष अघि यो कम्पनी स्थापना भएको थियो । यस अघि एटीएण्डटीले टाइम मोवाइलपनि किन्न खाजेको थियो । तर, अमेरिकाको सरकारी निकायले यसलाई स्वीकृत नगर्दा त्यसै रोकियो ।