मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुलाहा कुकुरले टोकेर महिला र चौपायाको मृत्यु

बहुलाहा कुकुरले टोकेर महिला र चौपायाको मृत्यु


उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१ बोक्से तथा बाबरी क्षेत्रमा एक हप्तायतादेखि बौलाहा कुकुरको बिगबिगी बढेको छ ।
 
स्थानीयवासी राजकुमार राईका अनुसार एक हप्ताभित्र बहुलाहा कुकुरको टोकाइबाट एक महिला र एउटा चौपाया गाईको मृत्यु भएको छ भने एउटा बालिका सख्त घाइते भएकी छिन् ।
 
बाबरीका ७० वर्षीया मनसरी राईको कुकुरको टोकाइबाट मृत्यु भएको र अर्का १० वर्षीया बालिका रेजिना राई घाइतेरहेको प्रहरीले जनाएको छ । कुकुरकै टोकाइबाट स्थानीय राजकुमार राईका गाईको पनि मृत्यु भएको छ । छ दिन अगाडि नै कुकुरले टोकेपछि सोमबार एउटा गाईको मृत्यु भएको बताइएको छ । 
 
गाईलाई बहुला कुकुरले टोकेको थाहा नहुँदा सो गाईको दूध पनि धेरैले खाएका कारण अहिले स्थानीयवासीमा रेबिज रोगको त्रास बढेको गाई पालक राईले बताए । उक्त गाईको दूध खाने सबैलाई अहिले जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली पठाएर रेबिजविरुद्धको खोप दिन थालिएको प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए ।
 
महिला, गाई र बालिका टोक्ने कुकुर पनि सोमबार बिहान मरेको प्रहरीले बताएको छ । सो बहुलाहा कुकुर गत सोमबार मरेपछि प्रहरीले सम्भावित अन्य कुकुर मार्ने अभियान सुरु गरेको छ ।