असोज ३० I बालबालिकाकले त्यो बेला अभिभावकको महत्व बढी महुसस गर्छन् । जुन् बेला चाड पर्व हुन्छ, अरूका घरमा मिठो मसिनो पाक्छ अनि आफू सँगैका साथीको हरमा राम्रो र सुकिलो कपडा हुन्छ ! सँगैका साथी नयाँ नयाँ खेलौना बोक्दै रमाउदै नाच्छन् ,त्यो बेला बालबालिकाले बुबा ,आमालाई सताउदै भन्छन् बुबा आमा मलाई पनि साथीको जस्तै चाहियो किनीदिनुन् ! बाबु आमा भएकाले यसरीनै बारम्बार बुबा आमालाई सताउछन् सताईरहन्छन् । तर बाबु आमा नै नभएकाहरुले आफ्नो आवस्यतmा कसरी पुरा गलार्न ? के उनीहरूलाई अरूले जस्तै लाउने खाने र खेल्ने खेलाउन चाहाना नहोला र ? कि बुबा आमा नभएका बालबालिकाहरुको मननै हुदैन् ? त्यस्तो त पक्कै नहोला, उनीहरूको पनि मन त हुन्छ, अनि चाहाना पनि हुन्छ् तर आफ्नो भन्नेनै कोही नभएपछी आफूले आफैलाई सताउने बाहेक उनीहरूको केही विकल्प हुदैन् ।
यस्तै पिडा भोगेका चितवन रत्ननगर खोलेसिमलका अबिभावक बिहिन दुई दिदी भाइ संगिता गोले र लोेकज्ञान गोलेलाई नेपाल जर्नी अमेरिकाले दशैको टिका जमरा र नयाँ कपडा लगाईदिएर उनीहरूको चाड दसैँ मनाउने चाहना पुरा गरिदिएको छ । स्कुलमा सँगै पढने र खेल्ने साथीहरू स्कुल बिदामा घर गएर मासु भात खादै निदारमा टिका लगाएर रमाएका बेला आमाबुबाको यादमा स्कुलकै छात्राबासमा आखाबाट आशु झर्दाझदै आसुनै सकिएर आखामा बसेका आशुका खोटहरु छाम्दै बस्न बाध्य दुई दिदीभाईलाई नेपाल जर्नीले दसैँ टिकाको शुभ साईतमा टिका लगाईदिएर उनीहरूको चाहाना पुरा गरिदिएको हो ।
संस्थाको तर्फबाट स्थानीय मुरली प्रसाद गजुरेलले उनीहरूलाई छात्रबासमै पुगेर टिका लगाईदिएर नयाँ कपडा हस्तान्तरण गरेका हुन् । ७,८ वर्षका दुई दिदी भाइ लाई छोडेर ६ महिना अगाडि आमा पोईला र बुबाले सौतेनि आमा लिएर हिडेपछी बिचल्लीमा परेका उनीहरूलाई विगत दुई महिना अघि देखी नेपाल जर्नी अमेरिकाले उनीहरू पढदै आएको स्थानीय बिन्देश्वरी निमाबीमा आवासीय सुबिद्या सहितको शिक्षाको व्यवस्था मिलाएको थियो । बुबा आमाले छोडेर हिडेपछी बिचल्लीमा परेका अबोध दुई दिदी भाइको आवास शिक्षा लगायतका सबै कुरा नेपाल जर्नीले मिलाएकाले आफनै छोराछोरी जस्तै गरेर उनीहरूलाई टिका लगाईदिएर नयाकपडा र अन्य आवश्यक सबै सामाग्री सहयोग गरेको नेपाल जर्नीकी अध्यक्ष मौसमी श्रेष्ठले बताउनु भयो ।
उनीहरूलाई कक्षा १० सम्म नेपाल जर्नीले आवासीय सेवा सहित पढाउने निर्णय गरेको छ ।
प्रतिक्रिया