मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलोराडोलाई राजेश पायल राइले नचाए

कोलोराडोलाई राजेश पायल राइले नचाए


कोलोराडो(अमेरिका)- कोलोराडोको अरोरामा क्याटलिस्ट लेन्डिङ हाङ जितेदास्ती साँझ विविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । राजेश पायल राई र महेश बुढाथोकीको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा निकै बाक्लो उपस्थिति रहेको थियो ।
 
कार्यक्रमको पहिलो भागलाई सचिव राज राईले संचलन गर्नु भएको थियो। उधोगपती Keith Waston Smith प्रमुख अतिथि र किरात राई सोसाइटी अफ अमेरिका कोलोराडोका अध्यक्ष भीम राई क्षितिजको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा प्रायोजकहरुलाई  नाक्छोङ अाइतमान राईले सम्मान गर्नु भएको थियो । राई परम्परा अनुसार ढोल झाम्टा बजाएर खादा ,नेपाली ढाका टोपी तथा फुर्का लगाएर विभिन्न ब्यतित्वलाई सम्मान गरिएको उक्त कार्यक्रमलाई किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष चन्द्र कुमार राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो। विभिन्न सङ्घ संस्थाका प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
  
कार्यक्रमको अर्को भागमा राजेश पायल राई र महेश बुढाथोकीको प्रस्तुतिले वातावरण संगितमय बनेको थियो। गौतम सागर राईको मिठो उदघोषण रहेको उक्त कार्यक्रममा मालती मगर र धन राईको 'सै ढोल सै' बोल को स्वागत नाँच बाट सुरु भएको कार्यक्रममा सुरेन राईको गायन ,आशिका ,सुस्मिता र कल्पनाको 'कम्बर माथि पटुकी बोलको' नाँच ,सिता दाहाल राईको गायन ,मिरा गुरुङ र समूहको सामूहिक नाँच ,धन राई र दिलु राईको 'नतान नतान मेरो चुल्ठी' बोलको नाँच ,सुधिर राईको गायन आदी समावेश गरिएको थियो। ठुलो सङ्ख्यामा दर्शकहरुको साथ पाएको उक्त कार्यक्रमको समापन अध्यक्ष भीम राईको धन्यवाद ज्ञापनबाट भएको थियो।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares