मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वेस्ट टेक्ससमा शूभकामना आदान प्रदान कार्यक्रम

वेस्ट टेक्ससमा शूभकामना आदान प्रदान कार्यक्रम


स्टेफनभील (टेक्सस)– स्वदेशमा नेपाली कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा आयोजना गर्ने गरेझैं अमेरिकामा पनि सोही दिन शूभकामना आदान प्रदान कार्यक्रमको थालनी भएको छ। नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको वेस्ट टेक्सस च्याप्टरले भव्य तथा उल्लासमय वातावरणमा आइतबार शूभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ।
 
स्टेफनभीलमा आयोजित कार्यक्रममभा ड्यालस, फोर्टवर्थका लव्ध प्रतिष्ठित नेपालीहरुको घुँइचो थियो। कार्यक्रममा नेपाली समाज टेक्सस, गैर आवासीय नेपाली संघ अमेरिका, यति चेम्बर अफ कमर्स, प्रवासी नेपाली मञ्च लगायतका संघसंस्थामा पदाधिकारीहरु एकै ठाउँमा भेला भएर शूभकामना आदान प्रदान गरेका छन्।
 
कार्यक्रममा अमेरिका भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद रमेश रिजाल प्रमुख अतिथीका रुपमा आमन्त्रित हुनुहुन्थ्यो। रिजालले नेपालको वर्तमान परिस्थितीबाट स्वदेश र विदेशमा रहेका नेपालीहरु असाध्यै चिन्तित रहेको उल्लेख गर्नुहुँदै कतिपय कमि कमजोरीका वावजुद निराश भइहाल्ने अवस्था भने नरहेको बताउनुभयो। 
 
‘जस्तोसुकै कठिन परिस्थितीलाई पनि सामना गर्दै नेपाललाई नयाँ भविष्य दिन सक्नेमा हामी आशावादी छौं,’ रिजालले भन्नुभयो। संबिधान बनेको छ र त्यसलाई कार्यान्वयनमा लग्नु जरुरी रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा देखिएको केही उत्ताउलोपनलाई समाधान गर्दै लग्नुपर्ने अवस्था रहेको बताउनुभयो।
 
उहाँले १० वर्षमा गर्ने कामलाई एकै वर्षमा गरिसक्ने आँट र उत्साह लिनुपर्नेमा जोड दिनुभएको थियो। नेपाली जनसम्पर्क समिति अमेरिकाको किचलोको सन्दर्भमा आफूले पार्टीको म्याण्डेट लिएर आएको उल्लेख गर्दै उहाँले सबैसँग राय सुझाव लिएर विवादलाई टुंगोमा पुर्‍याउने विश्वास दिनुभयो। 
 
कार्यक्रमको सभापतित्व गरिरहनुभएका नेपाली जनसम्पर्क समिति टेक्सस वेस्ट च्याप्टरका सभापति एवं नेपाली कांग्रेसका उदीयमान युवा नेता हरिबोल भण्डारीले जनसम्पर्क समितिमा कमि कमजोरी र गल्ती भए सम्पूर्ण केन्द्रिय समिति जिम्मेवार हुने बताउँदै अहिलेको विवादको चुरोमा रहेको भुकम्प पीडितका नाममा संकलन भएको चन्दा रकममा कुनै हिनामिना नभएको ठोकुवा गर्नुभयो। 
 
उहाँले नेपालमा राहत वितरण गरिएको ९ लाख रुपैयाँ बाहेक सबै रकम जनसम्पर्क समितिसँग रहेको र उक्त रकम भुकम्प पीडितलाईनै खर्च गर्न नेपाली कांग्रेसको संबन्धित कोषमा दाखिला गरिने जानकारी दिनुभयो।
 
सबैलाई बडादशैं, तिहार र छठपर्बको शूभकामना दिनुहुँदै भण्डारीले शूभकामना आदान प्रदान कार्यक्रमले भविष्यमा पनि निरन्तरता पाउने बताउनुभयो।
 
पत्रकार एवं स्थानीय समाजसेवी केदार तिमिल्सिनाले अत्यन्तै मिठो रुपमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछाने, समाजका पूर्ब अध्यक्ष गौरी जोशी, यति चेम्बर अफ कमर्सका अध्यक्ष बासु भण्डारी, जनसम्पर्क समिति उपाध्यक्ष भगवान मैनाली, जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार अमृत सापकोटा,  समाजसेबी सुन्दर कर्माचार्य, जीवन जोशी लगायतका वक्ताहरुले शुभकामना दिनुभएको थियो।