लसएन्जलस (अमेरिका) – नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक लगायत अाधा दर्जन उच्च प्रहरी अधिकृतहरू यतिखेर अमेरिकामा छन् ।
प्रहरी प्रमुखहरूको संस्था इन्टरनेसनल एसोसिएसन चिफ अफ पुलिसको अयोजनामा शनिबारदेखि सुरू भएको अन्तराष्ट्रिय सम्मेलनको क्रममा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्रका दुर्जकुमार राइ अमेरिकाको सानडियगो शहरमा छन् । मंगलबारसम्म हुने सम्मेलनमा नेपालबाट पाँच जना उच्च प्रहरी अधिकृतहरू सहभागी छन् ।
यो सम्मेलन विभिन्न राष्ट्रहरुको बीच हुने बिभिन्न भ्रष्टचारी तथा अपराधिक घटनाक्रममा सुरक्षाकर्मीहरुको भूमिका र सुरक्षा निकायलाई आइपर्ने चुनौतीपूर्ण घटनालाई कसरी सामना गर्ने विषयमा मुख्य छलफल हुनेछ । त्यसका अतिरिक्त विभिन्न राष्ट्रहरुको बिचमा भाइचराको सु-सम्बन्ध क़ायम गर्ने रहेको छ ।
सम्मेलनमा सहभागी हुन अाएका नेपालका उच्च प्रहरी अधिकारीहरूको सम्मानमा लसएन्जलसबासीले अाइतबार साँझ छलफल तथा शूभकामना अदान प्रदान कार्यक्रम राखेका छन् । आईतबार बेलुकी ७ बजेदेखी १० बजेसम्म तारा हिमालयण रेष्टुरेण्ट आर्टिसिया यो कार्यक्रम राखिएको सामाजीक अभियन्ता बासुदेब घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीताका लागि सबै नेपालीहरूलाइ घिमिरेले अपिल गर्नुभएको छ ।
प्रतिक्रिया