विश्वमै सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनमा वार्षिक ५ लाख उमेर ढल्केका बुढावुढीहरु हराउने गरेका छन् । त्यहाँको सरकारी निकायद्धारा सार्वजनिक तथ्याङ्क उल्लेख गर्दै अमेरिकी संचारमाध्यम सीएनएनले यो तथ्यांका आधारमा दैनिक १३०० भन्दा बढी बृद्धहरु हराउने गरेको जनाएको छ ।
यसरी हराउने मध्ये ८० प्रतिशत ६५ वर्ष काटेका छन् । यस सम्बन्धी तथ्याङ्क राख्ने होंगमिन इन्टिच्युटका अध्यक्ष वागं जिकुनले भन्छन्, यो हाम्रो लागि ठुलो समस्या हो यसलाई अव बेवास्ता गर्न सकिदैंन ।
हराउने मध्ये करिब २५ प्रतिशतलाई विर्सेने रोग एल्जाइमर रोग छ । ७२ प्रतिशतलाई पनि वेला वेलामा विसर्ने रोग लागेको उक्त इन्टिच्युटले जनाएको छ । हराएर भेटिने मध्ये २५ प्रतिशत फेरी हराउने गरेका छन् । लामो समयसम्म एक सन्तान नीति लिएको चीनमा अहिले वृद्ध जनसङ्ख्या समस्या बनेको छ । गत वर्ष मात्र चीनले एक सन्तान नीति छाडेको थियो ।
चीनको कानुनमा वृद्धलाई तिनका सन्तानले रेखदेख गर्नु पर्ने व्यवस्था छ । तर, कयौँका सन्तान मृत्यु हुनु र कयौँ अर्को व्यवस्था नगरी सन्तानले छाडेर हिड्दा बढी समस्या छ । समस्या विशेष गरी ग्रामीण र साना शहरमा बढी छ । ग्रामीण क्षेत्र र सानो शहरवाट युवाहरू राम्रो भविष्यका लागि ठुलो सहर जाँदा वृद्ध बा आमा एक्लो हुने गरेका हन् ।
चीनमा अहिले ६५ वर्ष भन्दा बढी उमेर हुनेको जनसङ्ख्या ११ करोड ४० लाख छ । सन् २०३० मा यस्ता वृद्धका जनसंखया ४० करोड हुने अनुमान छ ।
प्रतिक्रिया