हिमालय खबर संबाददाता
ड्यालस(अमेरिका) ४ अक्टुबर २०१६ I नेपालको सूदुरपश्चिमबाट आएर ड्यालस फोर्थ-ओर्थमा बसोबास गरिरहेका सूदुरवासी नागरिकहरूको उल्लेखनीय सहभागितामा दसैँ तथा तिहारको शुभ-कामना आदान प्रदानका लागि सांस्कृतिक कार्यक्रम सहितको भव्य बनभोज कार्यक्रम सम्पन्न भएकोछ ।
कार्यक्रममा बालबालीकाहरुका लागि बालखेल देखि लोकप्रिय सांस्कृतिक देउडा गीतका माध्यमबाट दसैँ र तिहारको सम्झना गर्दै सुदूरको संस्कृति र परम्परालाई टेक्सस सम्म पुरयाउदै आफ्नो थातथलोलाई सम्झने कोसिस गरे ।
नेपालको सुदूर क्षेत्र नेपाली भाषा-संस्कृतिको उदगम स्थल हुनुको साथै धार्मिक, पर्यटकीय एवम् प्राकृतिक श्रोत साधनले सम्पन्न छ । उत्तरको अपी-सैपाल हिमालको गोदमा रमेका हिमाली बस्ती देखि खप्तडको सौन्दर्यता बोकेको यो रमणीय देवभूमीले हिमाल देखि तराईका हरिया फाँटहरुलाई हिमाल-पहाड तराईको एकतामा समिश्रण गरेको छ ।
सुन्दरता र सम्भावना सुदूरलाई “सुन्दर सुदूर” बनाउन यस क्षेत्रका लागि आगामी दिनमा केही गर्न सकिन्छ कि भन्ने मनसाय र सुदूरको संस्कृति र संस्कारलाई प्रवासमा रहेका बालबालीकाहरुलाई सिकाउनका लागि ड्यालस, टेक्ससमा रहेका सुदूरवासीहरु गत वर्षदेखि जुट्दै छन् । यसैको फलस्वरुप सांस्ककृतिक पहिचानलाई जोगाउदै यसलाई पुस्तान्तरण सम्म हस्तान्तरण गराउनका लागी ड्यालसमा रहेका सुदूरबासीहरुले गौरापर्व लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालनको सुरुआत गरी रहेको र आगामी दिनमा अझै व्यवस्थित रूपमा मनाउदै जाने बारे संयोजक भक्त भण्डारीले बताउनु भयो ।






प्रतिक्रिया