मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विजय भट्टराईको ‘आउ छोरी एकछिन बस’ बालगीत सार्वजनिक (भिडियो सहित)

विजय भट्टराईको ‘आउ छोरी एकछिन बस’ बालगीत सार्वजनिक (भिडियो सहित)


ड्यालस (अमेरिका)- साहित्यीक क्षेत्रमा समेत दह्रो ढंगले कलम चलाउँदै आएका साहित्यकार विजयराज भट्टराईबाट रचित बालगीत सार्वजनिक भएको छ। 
 
‘आउ छोरी एकछिन बस, एउटा कुरा गर्नुछ’ बोलको यो बालगीत बाउ-छोरीको वार्तालापमा आधारित छ। ‘अहिलेका बालबालिकाहरुमा बढ्दै गएको सामाजीक सञ्जाल प्रयोगको लत र त्यसप्रति बाबुको चिन्तालाई आधार मानेर गीत रचेको हुँ’ रचनाकार भट्टराईले हिमालय खबरसँग भने।
 साहित्यकार विजयराज भट्टराई
 
यस गीतका गायक गायिका बिनय मानन्धर र बिनिभा मानन्धर रहेका छन्। भरखरै मात्र युटुबबाट सार्वजनिक गरिएको यो गीतको भिडियो अमेरिकाको ड्यालस शहरमा खिचिएका हुन्। भिडियोमा स्वयम् गायक-गायिकाले अभिनय गरेका छन्। 
 
गीतमा बाबुले छोरीलाई पढाई र अतिरिक्त कृयाकलापमा बढ्ता केन्द्रित हुन आग्रह गर्छन। तर छोरी भने फेसबुक र स्न्यापच्याटमा साथीहरु पर्खिबसेको र आफ्नो पढाईको विषयमा ज्यादा चिन्ता नगर्न भन्छिन्। 
 
छोरी आफू अतिरिक्त कृयाकलापको माध्यमबाट चिनिन चाहेको बताउँछिन्। उनका पिता भने अतिरिक्त कृयालापसँगै पढाईमा पनि केन्द्रित हुन सुझाव दिन्छन्। छोरीको खुशीका लागि आफू जे जस्तो त्याग गर्नुपरे पनि तयार रहेको बताउँदै  बाउ छोरीलाई आफ्नो आशिर्बाद रहेको बताउँछन् गीतमा। 
 
‘आउ छोरी एकछिन बस’ बालगीत सार्वजनिक (भिडियो )
 
बिक्रम सम्बत २०४९-२०५० ताका नै भट्टराई द्वारा रचिएका एक दर्जन गीत रेडियो नेपालमा रेकर्ड भएपनि लामो अन्तराल पछि गीत लेखेका हुन् । 'धेरै समयपछि लेखेको हुँदा पक्कै केही कमि कमजोरी छन्, अब फेरी गीत लेख्ने जागर आएको छ,' भट्टराई ले भने। गायिका मानन्धर अमेरिकामा नै जन्मिएकी नेपाली छोरी हुन् । 'उनको यो प्रयाशलाई मैले सकारात्मक लिएको छु,' गायक मानन्धरले हिमालय खबरसँग भने-त्यसलाई सुधार्दै लगिनेछ’। 
 
छोरा-छोरीको भविष्यप्रति बाउ आमा कति चिन्तित हुन्छन् र कतिसम्म योगदान गर्न तयार छन् भन्ने बारेमा यस गीतले छर्लङ्ग बनाएको छ। त्यसै गरि गीतको छायांकन रीना मानन्धर ले गरेकी छन् भने संगीत बिशेष मानन्धरले दिएका छन्। 
 
लामो समयदेखि नेपाली बालगीतको अभाव भइरहेको अवस्थामा भट्टराईको यो गीतले त्यो अभावलाई केही हदसम्म भएपनि टार्ने प्रयास गरेको छ।
 

शेयर गर्नुहोस:

0
Shares