मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडोमा यूएस नेपाल न्यूजको अनावरण सम्पन्न

कोलोराडोमा यूएस नेपाल न्यूजको अनावरण सम्पन्न


कोलोराडो अमेरीका
अक्टोबर २, २०१६
कोलोराडोबाट संचालित अनलाईन पत्रीका यूएसनेपाल न्यूजको सनिबार एक समारोह बिच अनावरण कार्यक्रम सम्पन्न भयो ।

dsc_0021
कार्यक्रमका प्रमुख अतिथी द्धय डा.विजयरााज शर्मा र रोहिणी शर्माद्धारा संयूक्तरुपमा उद्धाटन गरिएको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, व्यवसाही, पत्रकार, यूएस न्यूजका टिम तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । बु्रमफिल स्थित जाईका रेष्टुरेन्टमा सम्पन्न भएको कार्यक्रमको सुरुमा यूएसनेपाल न्यूजका संचालक बिकल पराजुलीले पत्रिका र यस भित्र संगेटिएका बिषय बस्तुहरुका बारेमा प्रष्ट्याएका थिए ।

dsc_0031
कार्यक्रमको दोश्रो चरणमा उपस्थित प्रमुख अतिथी, अतिथीहरुले यूएसनेपाल न्यूजले सत्य तत्थ्य , खोजमुलक, ज्ञानबर्दक तथा सुचनामुलक समाचार संपे्रक्षण गरि पाठक बर्गसमक्ष सकारात्मक छाप पार्न सकोस भनी उत्तरोत्तर प्रगतीकोलागी सुभकामना दिएका थिए । यसरी सुभकामना दिनेहरुमा प्रमुख अतिथी द्धय डा.विजयरााज शर्मा र रोहिणी शर्मा, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिक, साहित्यकार ज्ञानेन्द्र गदाल, नेपाली जन संम्पर्क समिती अमेरिकाका सल्लाहकार बुद्धी लामछिँने, पूर्ब केन्द्रिय सदस्य जगन्नाथ गौतम, कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेब खनाल, ग्लोवल भुटनिज कमिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, रकि माउन्टेण्ड फ्रेण्ड् अफ नेपालका सल्लाहकार रमेश गुरुङ, रकि माउन्टेण्ड फ्रेण्ड् अफ नेपालका महासचिव बिनोद त्रीपाठी, नेःवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, लायन्स क्लबका सचिब प्रमोद श्रेष्ठ, गायक बसन्त लम्साल, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, स्थानीय अमेरिकी कर्क वाकर लगायतका अतिथीहरु रहेका थिए ।

dsc_0038
मन्तब्यको क्रममा बक्ताहरुले अनलाईन पत्रिकाले सुरुगरेको कोलोराडोमा आज, अमेरिकामा आज, युवा संसार, साहित्यिक सनिबार जस्ता नयां बिषय बस्तुको प्रसंसा गरेका थिए । यसलाई अझ स्थरिय बनाई निरन्तरता दिन सुझाव दिएका थिए ।

dsc_0044
सुबदा सोती द्धारा संचालित कार्यक्रममा यूएसनेपाल न्यूजका संरक्षक झलक सोतीले संरक्षका चुनौती बारे बताएका थिए भने राजु सिटौलाले पत्रीकाको बिश्लेषण गरेका थिए । कार्यक्रमको अन्यमा यूएसनेपाल न्यूजका निरंकार पंथले कार्यक्रममा सहभागी भई कार्यक्रमको सोभा बढाई दिएकोमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

dsc_0049