मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो ठुम्कामा मर्छन हजार (भिडियो सहित)

मेरो ठुम्कामा मर्छन हजार (भिडियो सहित)


लोकप्रिय गायिका शर्मिला बर्देवाले लन्डनबाट एउटा नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । आइतबार  लन्डनमा आयोजित एक समारोहबीच नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, महासंघ बेलायतका पूर्व अध्यक्ष पत्रकार चिरन शर्मा र बर्देवाकी सुपुत्री अंशिका परियारले मेरो ठुम्कामा मर्छन् हजार…गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । 
 
नृपेश उप्रेतीको शब्द रहेको मेरो ठुम्कामा बोलको गीतमा बसन्त सापकोटाको संगीत छ। भिडियो लन्डनका विभिन्न लोकेसनमा छायांकन गरिएको छ । जसको निर्देशन विजय घिमिरेले गरेका छन् । भिडियोमा घिमिरे र मोडल सारा देख्न सकिनेछ ।
 
कार्यक्रममा गायिका बर्देवाले विदेशमा रहेर क्रियसन गर्न गाह्रो भएपनि वर्षको एउटा म्यूजिक भिडियो दर्शकमाझ ल्याउने अठोट गरिन्।