रवि रोषी / हिमालयखबर
दोहा- नेपाल इन्जिनियर्स एसोसिएसन दोहा कतारले ५४ औं इन्जिनियर्स डे विविध कार्यक्रमको साथ कतारको रेडिशन ब्लु होटलमा सम्पन्न गरेको छ । इन्जिनियर श्रवण कुमार झाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली राजदुतावास दोहा कतारका महामहिम राजदुत मणिरत्न शर्माले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
राष्ट्रिय गीत तथा दीप प्रज्वलनबाट सुरु भएको सो कार्यक्रममा कतार युनिभर्सिटीमा लामो समय देखि अध्यापन गराउँदै आउनुभएका प्रोफेसर शालिग्राम पोख्रेल,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती दोहा कतारका अध्यक्ष विनेश तामाङ, इन्जिनियर रविकान्त लाल, नेपाल इन्जिनियर्स एसोसिएसनका संस्थापक अध्यक्ष र पाकिस्तान तथा बंगलादेश लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
२००४ मा दोहामा स्थापित यस संस्थाले निरन्तर रुपमा नेपाल इन्जिनियर्स डे मनाउँदै आएपनि यसलाई व्यवस्थित रुपमा कार्यक्रम गर्न सफल भएको थियो । सो कार्यक्रममा कार्यक्रममा इन्जिनियर विरेन्द्र कुमार शाहले स्वागत मन्तव्य राख्नु भएको थियो । शाहले स्वागत मन्तव्य राख्ने क्रममा विगतका संस्थापकहरुको स्मरण गर्नुभएको थियो ।
शाहले स्वागत मन्तव्यको क्रममा हालसम्म कतारमा नेपाली इन्जिनियरहरु ३ सयको हाराहारीमा रहेको जानकारी गराउँदै संस्थाले रोजगारको सिलसिलामा कतार आउने इन्जिनियरहरुलाई सुरुवाती क्रममा आईपर्ने समस्याको समाधानको लागि, ज्ञान शीप एक अर्कामा बाँड्न राम्रो प्लेटफर्म सावित भएको बताउनुभयो । यसको साथै नेपालबाट रोजगारीको लागि कतार आएका नयाँ इन्जिनियरहरुको लागि आइ परेका समस्या पहिचान गरी काम गर्ने सहज वातावरण तयार गरिदिएको बारेमा पनि स्मरण गर्नुभयो ।
कार्यक्रमको सिलसिलामा नेपाल इन्जिनियर्स एसोसिएसनले रक्तदान कार्यक्रम, सामुन्द्रिक तटको सरसफाई अभियान सम्बन्धी लगायत गत बर्ष नेपालमा गएको विनाशकारी महाभुकम्पको मारमा परेका भुकम्प पिडितहरुलाई आर्थिक, भौतिक रुपमा गरेको मानवीय सहयोग सम्बन्धी दस्तावेजहरुको स्लाइड डकुमेन्ट्री देखाईएको थियो ।
कार्यक्रमको सिलसिलामा नेपाली राजदुतावास दोहा कतारका कार्यवाहक राजदुत महामहिम मणिरत्न शर्माले कतारमा स्थापित यस संस्थाले गरेका पुर्व सामाजिक योगदानको गतिविधीहरुको बारेमा सह्राहना गर्दै आगामी दिनमा पनि यस्तै कार्यहरुमा निर्दिष्ट रहनेछ भन्ने कुरामा आफु ढुक्क रहेको भन्दै सधन्यवाद व्यक्त गर्नुभएको थियो । दुई देशवीचको द्धीपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन नेपाल इन्जिनियर्स एसोसिएसनले समन्वयकारी भूमिका निर्वाह गर्नेबारेमा पनि सोही क्रममा कार्यवाहक राजदुत शर्माले बताउनुभयो ।
गैर आवासीय नेपाली संघ दोहा कतारका अध्यक्ष विनेश तामाङले मन्तव्यको क्रममा देशमा आर्जित प्राविधिक ज्ञानलाई कतारमा आएर व्यवहारिक रुपमा अझ खारेर अन्तर्राष्ट्रिय मापदण्डको व्यवहारिक दक्षता र शीप हासिल गर्नुभएका नेपाली इन्जिनियरहरुले देशमा फर्केर यसलाई लागू गर्नुपर्ने बताउनुभयो ।
लामो समय देखि कतार युनिभर्सिटीमा अध्यापन गर्दै आउनुभएका इन्जिनियर तथा प्रोफेसर शालिग्राम पोखरेलले ‘योजना व्यवस्थापनमा पुर्नविचार’ विषयमा तोकिएको कामलाई कसरी बहन गर्ने, दीर्घकालिन योजनाको रुपमा मूल्य र प्रतिफलको योग्य बन्न, कार्य जोखिमताको बारे लगायत विभिन्न महत्वपुर्ण विषयमा स्लाईड मार्फत प्रष्ट्याउनुभएको थियो ।
इन्जिनियर अयूव हक संयोजनकारी भूमिका रहेको सो कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नेपाली कला झल्किने खालको विविध नृत्य तथा गायनहरु प्नि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया