मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीपीएस नविकरण होला ?

टीपीएस नविकरण होला ?


हिमालयखवर संवाददाता-
अमेरिकी सरकारले गत वर्ष नेपाललाई दिएको अस्थायी सुरक्षाको स्टाटस (टेम्प्रोररी प्रोटेक्ट स्टाट्स, (टीपीएस) को अवधि आउने डिसेम्बर २४ मा सकिदैछ । यदी टिपिएस नविकरण नभए के हुन्छ भन्ने बारेमा अहिले नेपाली समुदायमा निकै चर्चा परिचर्चा अनि वहश हुन थालेको छ । 
 
न्युयोर्कमा कानुनी परामर्श दिदैं आएका अधिवक्ता विनोद रोक्का भन्छन्- नविकरण नभएको अवस्थामा टिपिएस पाउनेको हैसियत पुरानै स्थितिमा फर्किन्छ । अर्थात् टिपिएस लिनुभन्दा अघि जुन अवस्थामा थिए उनीहरू त्यही स्थितिमा पुग्छन् । डिपोर्टेशनका लागि निर्णय भएको छ भने नेपाल फिर्ता पठाईन्छ । कानुनत बस्ने कागजात नभएकाको अवस्था पनि पहिलेजस्तै हुन्छ ।  अमेरिका छाडेपछि आउन पाइन्न । 
 
तर, नविकरणा हुने संभावना प्रवल छ । किनकी  नेपाल जस्तै विपत्तिमा परेर टीपीएस पाएका अन्य देशको उदाहरण हेर्दा यो नविकरण हुने संभावना बलियो रहेको रोक्काको भनाइ छ । नविकरण हुन सक्छ तर, यसका लागि हस्ताक्षर अभियानमा सहभागी भएर संबन्धित निकायलाई झक्झक्याउन सक्दा अझ फाइदा हुन्छ उनले भने ।
 
 टीपीएस नविकरणका लागि नेपाली समुदायले हस्ताक्षर अभियान चलाएका छन् । अनलाइनमा गएर आफ्नो जानकारी दिएर हस्ताक्षर गर्न सकिन्छ । गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पनि टीपीएस नविकरणका लागि पहल गरिरहेको छ । 'हामीले टीपीएसका नविकरणका लागि हस्ताक्षर अभियानमा पुरा समर्थन जनाउँदै सहभागी हुन सबैलाई आग्रह गरेका छौ,' एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने-'यसबाहेक विभिन्न तहमा एनआरएनका तर्फबाट पहल पनि भईरहेको छ ।'
 
 नेपालमा एक वर्ष अघिको भूकम्पले पारेको असर समाप्त भईनसकेको, पुर्नस्थापनाको कार्य अझ प्रक्रियामा रहेको हुँदा नविकरण हुन सक्ने सम्भावना छ रोक्काले भने । नविकरण गर्ने नगर्ने भन्ने बारेमा निर्णय गर्न अमेरिकाको गृह मन्त्रालय पनि भन्न सकिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आफ्नो सिस्टमवाट पनि छानविन गर्छ सूचना लिन्छ रोक्काले भने तर, अमेरिका प्रजातान्त्रिक मुलुक भएकाले हस्ताक्षरले पनि महत्त्व राख्छ । 
 
टीपीएस नविकरणका लागि अव एक महिना भित्र होमल्याण्ड सेक्युरिटीज्ले सूचना निकाल्नु पर्ने हुन्छ । तर, कहिले कांही अन्तिम समयमा पनि सूचना दिइन्छ, स्वतः म्याद थपिन पनि सक्छ । टीपीएस नविकरण भएको खण्डमा विगतमा नभरेकाले केहीले पनि सहभागी हुन पाउने छन् । यस अघि स्टाट्समै रहेको हुँदा नभरेका तर, अहिले स्ट्याट्स नभएकाले मात्र फेरी टीपीएसका लागि फारम भर्न सक्छन् रोक्काले भने । 
 
टिपिएस लिएका विद्यार्थीले नविकरण नभएको अवस्थामा स्टुडेण्ड भिसा एफ १ मा बसिरहन कलेजको नियम भने पुरा गर्नु पर्ने हुन्छ । टीपीएसले विद्यार्थीलाई काम गर्ने सुविधा दिएको हो रोक्काले भने तर, एफ १ मा भइरहन कजेजको नियम भने पुरा गर्नुपर्छ । कलेजबाट आउट अफ स्ट्याट्स भएको खण्डमा टीपीएसले जोगाउन सक्दैन उनले भने । 
 
टीपीएस नलिएका विद्यार्थीले पनि कलेजबाट स्वीकृत लिएर पुरा समय काम गर्न पाउने व्यवस्था पनि रहेको रोक्काले जानकारी दिए । कलेजका विद्यार्थीले आफू पढ्ने स्कुल वा युनिर्भसिटीमा गएर सम्बद्ध अधिकारीसँग यसबारेमा परामर्श लिनु उचित हुनेछ । टीपीएस लिने विद्यार्थीले चेकमै काम गरेको देखिनु पर्छ भन्ने हल्ला सत्य होइन काम नपाएको पनि हुन सक्छ तर, चालचलन राम्रो छ भन्ने पुष्टि गर्न कानुन अनुसार पारिश्रमिक लिई कर तिर्न उपयुक्त हुने सुझाव रोक्काको छ । 
 
टीपीएस नविकरण नभएपनि केही समय अन्य स्ट्याट्समा जान समय पाइने रोक्काले जानकारी दिए । टीपीएस पाउनलेले अहिलेनै हतार गरेर अन्य स्ट्याट्समा जानु पर्ने अवस्था नभएपनि आफूलाई मानसिक रूपमा कुनै स्ट्याट्समा जाने हो यसका बारेमा मानसिकता वनाउंदा फरक पर्दैन, उनले भने । होमल्याण्ड सेक्युरिटीका अनुसार टीपीएसमा योग्य हुन जुन २४ देखि लगातार रूपमा र सशरीर अमेरिकामा बस्दै आएको प्रमाण दिनु पर्छ ।
 
यस बाहेक अन्य शर्तपनि पुरा गर्नु पर्छ । निवेदकको सुरक्षा जाँच हुन्छ । आपराधिक रेकर्ड भएका वा राष्ट्रिय सुरक्षामा आँच पुर्यापउन सक्ने व्यक्ति टीपीएसका लागि योग्य मानिदैंन । नेपालमा अप्रिल २५ २०१५ का दिन गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसपछिका दिनमा गएका पराकम्पनको कारण भएको क्षतिलाई दृष्गित गरी टीपीएस सुविधा दिइएको हो । यो जुन २४ २०१५ मा लागु भएको थियो । यो डिसेम्बर २४ २०१६ सम्म कायम रहने छ ।