हिमालय खबर संबाददाता
ड्यालस (अमेरिका)– यहाँस्थित नेपालीहरुको संस्था ड्यालस एभरेष्ट लायन्स क्लबको आयोजनामा आउँदो आइतबार कविता प्रतियोगिता हुने भएको छ ।
हिन्दूहरुको महानपर्व विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान सहित कविता प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन चाहनेले अक्टोबर १ तारिक शनिबारभित्र कविता बुझाइसक्नुपर्नेछ ।
उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने कवि/कवयित्रीलाई क्रमशः एकसय ५०, एकसय र ५० डलर पुरस्कार तोकिएको छ । कविता एकसय ५० शव्दसम्मको हुनुपर्ने शर्त राखिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले कार्यक्रम संयोजक शशी भट्टराई वा शिव काफ्ले, केदार तिमिल्सिना, मीना क्षेत्री, विनोद जोशी र देवेन्द्र शाहसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् ।
आइतबार दिउँसो एक बजेदेखि नेपाली मन्दिरको सभाहलमा कार्यक्रम सुरु हुनेछ ।
प्रतिक्रिया