मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नासाको रजत महोत्सव फूलपातीको दिन

नासाको रजत महोत्सव फूलपातीको दिन


अमेरिकाको दक्षिण पुर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले आगामी अक्टोबर ८ शनिबारका दिन जर्जियाको एटलान्टामा रजत महोत्सव मनाउने भएको छ ।
 
 एटलान्टाको ग्लोबल मलमा रजत महोत्सव कार्यक्रममा संस्थाको २५ बर्षको प्रगति समिक्षा गर्दै आगामी दिनको कार्यक्रम तथा  भावी रणनीति तय गर्ने कार्यक्रम रहेको छ । सो महोत्सवमा नेपाली अमेरिकन समाजमा युवाहरुको भुमिको बारेमा कार्यपत्र प्रस्तुत गर्दै व्यपाक छलफल गरिने छ । विभिन्न समयमा संस्थालाई सहयोग पुर्याउने संघ संस्था, संस्थाका गतिविधिलाई महत्वका साथ स्थान दिने सञ्चार माध्यम र सञ्चारकर्मीका साथै पुर्वअध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । 
 
रजत महोत्सव कार्यक्रममा नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमका साथै लोकदोहोरीले मनोरन्जन प्रदान गरिने छ । कार्यक्रममा स्थानीय प्रतिभाहरुको विविध मनोरन्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छ । कार्यक्रमको समापनमा विभिन्न उपहार कार्यक्रम तथा बृहत रात्रिभोजको आयोजना गरिनेछ । 
 
महोत्सवलाई व्यापक बनाउन नासाका अध्यक्ष विमल नेपाल, कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्रााचार्य, उपाध्यक्ष तारा पुन, महासचिव शिब विष्ट, सचिव कृष्ण श्रेष्ठ, कोषाध्यक्ष पशुपति न्यौपाने, कार्यकारी समितिका सदस्यहरु शुशिल नेपाल, डा निरोज बस्नेत, कृष्ण देवकोटा, गजेन्द्र अर्याल, गीर्वाण पाण्डे, नेपलिज् एसोसियसन अफ जर्जिया (नाग)का अध्यक्ष दामु डंगोल, उपाध्यक्ष केशब शर्मा, कुमार केसीलगायत तयारीमा जुटेका छन । सो रजत महोत्सवका अवसरमा सस्थाको २५ बर्षका गतिविधि समावेस गर्दै स्मारिका प्रकासन गरिने छ । 
 
 नासाको रजत महोत्सब नेपलिज् एसोसियसन अफ जर्जिया (नाग) को संयोजनमा हुन लागेको हो । सोहि दिन  दशैंतिहार शुभकामना साँझमा लोक दोहोरीतर्फ सुमन बुढामगर र संगीता थापामगरका साथै आधुनिकतर्फ लोकेश गुरुड र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।