मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अक्टोबर ८ मा लसएन्जलसमा दशैं कार्यक्रम

अक्टोबर ८ मा लसएन्जलसमा दशैं कार्यक्रम


हिमालय खबर संबाददाता
लसएन्जलस (अमेरिका)- नेपाल अमेरिका एकता समाजको आयोजनामा बडादशै-२०७३ को शुभकामना कार्यक्रम हुने भएको छ । यही अक्टोबर ८ तारिक शनिवार साँझ लसएन्जल्स स्थित "तारा हिमालयन कुजिन "आर्टेशियामा दशैं कार्यक्रम हुने भएको छ । 
 
संस्थाको अध्यक्ष सुर्य प्रसाईका अनुसार नेपाली कला संस्कृतिको संरक्षणका साथै नेपालीको महान पर्वमा पनि देश बाहिर रहँदा स्वदेशको अनुभव दिने गरि कार्यक्रम गर्न लागिएको हो । उनले सम्पुर्ण संघसंस्थाका प्रतिनिधि, सम्पुर्ण लसएन्जल्बासी समुदायहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेका छन् । कार्यक्रममा १० वर्षमुनिका लागि प्रवेश निशुल्क गरिएको छ । 
 
त्यस्तै १० वर्षभन्दा माथिकालाइ २५ डलर प्रवेश शुल्क तोकिएको छ । यसमा डिनर समेत समावेश गरिएको महासचिव डोल्मा लामाले बताइन् ।

शेयर गर्नुहोस:

0
Shares