मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेनभरमा नेपाली समुदाय र स्थानीय राजनीतिक नेता र उम्मेदवार अन्तकृया

डेनभरमा नेपाली समुदाय र स्थानीय राजनीतिक नेता र उम्मेदवार अन्तकृया


अमेरिकामा चुनावी मौसम छ, यहाँ बस्ने नेपाली समुदायपनि स्थानीय राजनीतिमा सक्रियता बढाउन थालेका छन् । कोलोराडो डेनभर, अरोरा बस्ने  नेपाली समुदायले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका स्थानीय उम्मेदवारसंग पहिचान बढाउन शनिवार भेलाको आयोजना गरे ।  
 
डोमोक्र्याट पार्टीलाई सहयोग गर्न गठन भएको नेपाली भोलियन्टियर्स समूहले आयोजना गरेको उक्त कार्यक्रममा अमेरिकी काँग्रेस (सांसद) उम्मेदवार मोरर्गान क्यारोलले इमिग्रशन सुधार आफ्नो मुख्य मुद्दा रहेको वताईन । इमिग्रेसन भएका आउनेले आफ्नो परिवारसँग मिलन हुने मौका पाउनु पर्छ मेरो यो मान्यता हो उनले भनिन् । रिपव्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको गलत नीतिलाई रोक्नपनि आफूले उम्मेदवारी दिएको वताईन् । सर्व सुलभ शिक्षा, बैकल्पिक ऊर्जा प्रयोग वृद्धि उनका मुख्य एजेन्डा छन् । आप्रवासीका लागि अङ्ग्रेजी भाषा कक्षा सञ्चालन, सजिलो स्वास्थ्य बिमा लगायत कार्यक्रम ल्याई बाहिरबाट आउनेको बसाई सहज बनाउन आफ््नो प्रयास हुने उनले वताईन् । 
 
उक्त भेलामा कोलोराडो राज्य स्थित २८ डिष्ट्रिक्ट सिनेटर नेन्सी टेड लगायत स्थानीय राजनीतिक नेतृत्वहरुको सहभागिता थियो । नेन्सी नोभेम्बरमा हुने उक्त पद कोलोराडो सिनेटका लागि निर्वाचनमा उम्मेदवार पनि छिन् । 
 
आगामी नोभम्बर महिनामा राष्ट्रपतिका लागि मात्र होइन कतिपय राज्यमा स्थानीय प्रतिनिधिको पनि सँगै निर्वाचन हुन्छ । स्थानीय नेपालीको आवासमा भएको कार्यक्रममा नेन्सीले सर्वसुलभ शिक्षा, स्वास्थ्य, मजबुत मध्यमवर्ग आफ्नो मुख्य मुद्दा भएको वताईन । उनले नेपाली समुदायलाई निर्वाचनमा आफूलाई समर्थन गर्दै भोट हाल्नपनि आग्रह गरिन् । नेन्सी डेमोक्र्याट पार्टीबाट उम्मेदवार छन् । भेलामा राज्य काँग्रेस (विद्यायक)का  उम्मेदवार माइक विस्म्यान लगायत विभिन्न स्थानीय राजनीतिककर्मीहरुले आफ्नो धारणा राखेका थिए । 
 
कार्यक्रममा उम्मेदवार र स्थानीय राजनीतिक कार्यकर्ताले नेपाली समुदायसँग परामर्श पनि गरेका थिए । यस्ता कार्यक्रमले नेपाली समुदायलाई स्थानीय राजनीतिकसंग जोड्छ आयोजक समूहका एक कुमारजंग कार्कीले भने नेपाली समुदाय बढ्दै गएकाले यो अहिलेको हाम्रो आवश्यकता पनि हो । 
 
नेपाली समुदायले कोलोराडोका अन्य स्थानमा पनि स्थानीय उम्मेदवारसंग चिनापर्जी कार्यक्रम राख्ने तयारी गरिरहेका छन् ।