मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्युयोर्कमा विस्फोट दुई दर्जन भन्दा वढी घाइते

न्युयोर्कमा विस्फोट दुई दर्जन भन्दा वढी घाइते


न्यूयोर्क (अमेरिका)- न्यूयोर्क शहरमा शनिवार साँझ विस्फोट हुँदा दुई दर्जन भन्दा वढी घाइते भएका छन् । 
 
विस्फोटका कारण कम्तिमा पनि २५ जनालाई अस्पताल भर्ना गरिएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ । न्यूयोर्कको चेल्सी क्षेत्रमा भएको उक्त विस्फोटमा आतंककारी समुहको संलग्नता अहिलेसम्म पुष्टि भएको छैन । 
 
न्यूयोर्क प्रहरी कमिस्नर जेम्स वो निलले स्थानिय संचारमाध्यममा सडकमा विस्फोट भएको यो नियतवश गरिएको जनाएका छन् । न्यूयोर्क गभर्नर एण्ड्रू क्युमोले राज्यका पदाधिकारीहरु फेडरल र सीटीका अधिकारीहरुसँग मिलेर विस्फोटका वारेमा अनुसन्धान गरिरहेको जनाएका छन् । विस्फोटका कारण सार्वजनिक रेल सेवाका केही रुटपनि प्रभावित भएका थिए । 
 
उक्त विष्फोटन प्रेसर कुकर बम रहेको अनुमान गरिएको छ । प्रेसर कुकर बमभन्दा केही परसम्म जोडिएको तार समेत फेला परेको छ । 
 
मेयर विल डि वालसिओले यो जानाजान गरिएको कार्य जनाउँदै अहिलेसम्म आतंककारीको संलग्नता पुष्टि नभईनसकेको जनाएका छन् । उनले अस्पतालमा घाइतेको अवस्था समान्य रहेको जनाएका छन् । यो विस्फोेट कुन प्रकृतिको हो र असर पनि अहिलेसम्म पुष्टि भईसकेको छैन । यो विस्फोटको घटनापछि प्रहरीले त्यहाँ सुरक्षा वढाएको छ । यो घटनाका वारेमा ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति बाराक ओबामालाई पनि जानकारी गराएका थिए ।फोटो साभार:सामाजिक संजाल 

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares