मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकन सरकारबाट विशेष तालिम लिँदै एसएसपी खनाल

अमेरिकन सरकारबाट विशेष तालिम लिँदै एसएसपी खनाल


न्यूयोर्क । नेपाल प्रहरीमा आफ्नो विशेष स्थान बनाउन सफल एसएसपी सर्वेन्द्र खनाल अमेरिकन सरकारले दिने एक उच्चस्तरीय तालिमका लागि छनौट भएका छन् । 
 
आगामी मंगलबार अमेरिकामा आउन लागेका खनालले करिब ६ हप्तासम्म चल्ने अमेरिकन सरकारको उच्चस्तरीय (एड्भान्स सेक्युरिटी कोअपे्रसन कोर्ष) नामक तालिममा भाग लिने भएका हुन् । 
 
अमेरिकाको हवाई राज्यमा चल्ने उच्चस्तरिय तालिममा संसारका विभिन्न देशका उच्च स्तरका सुरक्षाकर्मीहरुको सहभागिता रहने जनाइएको छ । हाल महानगरिय प्रहरी प्रमुख रहेका खनाल प्रहरी सेवामा प्रवेश गरेदेखि नै उच्च क्षमता प्रर्दशन गर्दै आएका प्रहरी अधिकारी हुन् । 
 
काठमाडौँ, जनकपुरजस्ता संवेदनशील र महत्वपूर्ण स्थानहरुमा प्रहरी प्रमुखको कमाण्ड सम्हाल्दा संगठन र जनतामाँझ अत्यन्तै लोकप्रिय भएका खनाल महानगरीय अपराध महाशाखाको प्रमुख भएपछि झनै लोकप्रिय बनेका छन् । 
 
खनाल अपराध महाशाखा प्रमुख भएपछि फुटबलको म्याच फिक्सींग, गुण्डाहरुको विशेष अप्र्रेशनजस्ता कार्यले जनतामाझ उनको लोकप्रियता झनै चुलिएको छ ।