ड्यालस (अमेरिका)– अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था ‘दी एसोसिएसन अफ नेप्लिज इन दी अमेरिकाज’ (एएनए) को नयाँ कार्यसमितिको निर्वाचन हुने भएको छ ।
संस्थाले नयाँ कार्यसमितिको निर्वाचनका लागि तीन सदस्यिय निर्वाचन कमिटी गठन गरेको छ । शैलेन्द्र शुक्लाको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको सहसंयोजकमा नवीन दत्त र सदस्यमा अनिल पाठक रहेका छन् । आगामी तीन वर्षे कार्यकालका लागि कार्यसमिति चयन गर्न निर्वाचन समिति गठन गरिएको एएनएले जनाएको छ ।
गत जुलाई पहिलो साता अमेरिकी राज्य जर्जियाको एटलान्टा शहरमा एएनएको साधारण सभाले पारित गरेको नयाँ विधान अनुसार निर्वाचन गर्न लागिएको संस्थाले जनाएको छ । निर्वाचनको वृस्तृत कार्यक्रम कमिटीले प्रकाशित गरेर सार्वजनिक गर्ने जनाइएको छ ।
प्रतिक्रिया