मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्रधानमन्त्री दाहालद्वारा ‘गार्ड अफ अनर’ ग्रहण

प्रधानमन्त्री दाहालद्वारा ‘गार्ड अफ अनर’ ग्रहण


नयाँदिल्ली । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘गार्ड अफ अनर’ ग्रहण गरेका छन् । 
 
भारतीय राष्ट्रपति भवनमा शुक्रबार आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री दाहाललाई उक्त सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 
 
समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहालसँग हात मिलाउनुका साथै नेपाली प्रतिनिधिण्डलसँग परिचय गरेका थिए । 
 
प्रधानमन्त्री दाहाल केहीबेरमा महात्मा गान्धी समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको छ । आज दिनभर उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । शुक्रबारै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । 
 
बिहीबार नयाँ दिल्ली आउनुभएका प्रधानमन्त्री दाहाललाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । 
 
प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यमा परराष्ट्रमन्त्री डा प्रकाश शरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक, सांसदलगायत छन् । 
 
प्रधानमन्त्री दाहालद्वारा गान्धी समाधिमा पुष्पहार अर्पण
यसैबीच, भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गरेका छन् । 
 
प्रधानमन्त्री दाहालले गान्धीको समाधिमा फूलगुच्छा अर्पण गर्नुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरे । भारतीय राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहपछि प्रधानमन्त्री दाहाल राजघाट गए ।  
 
भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्रप्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो । 

शेयर गर्नुहोस:

0
Shares