मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पछिल्लो मत सर्वेक्षणमा हिलारी र डोनाल्ड झिनो मतअन्तर

पछिल्लो मत सर्वेक्षणमा हिलारी र डोनाल्ड झिनो मतअन्तर


अमेरिकामा राष्ट्रपति चुनाव हुन झण्डै ८ साता बाँकी हुदां दुई प्रमुख पार्टी डेमोक्र्याट र रिपव्लिकनका उम्मदेवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । न्युयोर्क टाइम्स र सीबीसए द्धारा बिहीबार सार्वजनिक मत सर्वेक्षणमा यी दुई प्रतिद्धन्दी उम्मेदवार बिच झिनो अन्तर देखिएको छ । 
 
उतार चढाव चुनावी मार्गबाट अगाडी वढीरहेका यी दुई उम्मेदवार आफ्नो पक्षमा अझ स्पष्ट नतिजा निकाल्न सक्ने अवस्थामा पुगेका छैनन् । 
 
ताजा उक्त मत सर्वेक्षण अनुसार डेमोक्र्याट पार्टी उम्मेदवार हिलारी क्लिन्टनलाई निर्वाचनमा मतदिन तयार मध्ये ४६ प्रतिशतको समर्थन छ । उनका प्रतिद्धन्दी डोनाल्ड ट्रम्पको पक्षमा ४४ प्रतिशत यस्ता मतदाता छन् । सर्वेक्षण अनुसार रजिष्ट्र मददाता मध्ये ४६ प्रतिशतले हिलारीका पक्षमा छन् । ट्रम्पका पक्षमा यस्ता मतदाता ४१ प्रतिशत छन् । तेस्रो उदारबादी पार्टीका उम्मेदवार ग्रे जोन्सनका पक्षमा ८ प्रतिशत मतदाता छन् । सेप्टेम्बर ९ देखि १३ का बिचमा गरिएको सर्वेक्षणका आधारमा यस्तो देखिएको न्युओर्क टाइम्सले जनाएको छ । 
 
एक साता यता दुई उम्मेदवारको स्वास्थ्य राष्ट्रपति पदका लागि ठिक भए नभएको बारेमा मुद्दा बनेको थियो । सेप्टेम्बर ११ मा आयोजित कार्यक्रम हिलारी झण्डै बेहोस हुने स्थितिमा पुगेको समाचार सार्वजनिक भएपछि झण्डै ७० वर्ष हाराहारीमा रहेका दुई उम्मेदवारको स्वास्थ्य स्थिति बारे संचारमाध्यमले प्रमुखताका साथ उठाएका थिए । 
 
ट्रम्पले आफ्नो आम्दानी र कर तिरेको विवरण नवुझाएको पनि अर्को मुद्दा बनिरहेको छ । यी दुई उम्मेदवार बिच अहिलेसम्म प्रत्यक्ष बहस भएको छैन । केही दिनमा यस्तो बहस हुने कार्यक्रम छ । त्यसवेलाको प्रस्तुतिले मतदाता अझ स्पष्ट हुन सहयोग गर्छ ।
 
यो राष्ट्रपति निर्वाचनमा इमिग्रेशन, स्वास्थ्य बिमा, अर्थतन्त्र मुख्य मुद्दा हुन् । इमिग्रेशन मुद्दामा हिलारी बढी उदार छिन् । डोनाल्ड ट्रम्पले गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका एक करोड भन्दा बढी कागज विहिन अप्रावासीलाई फिर्ता पठाउने घोषणा गरेका छन् । उनी अमेरिकाको छिमेकी मक्सिको सीमामा पनि कडाई गर्ने पक्षमा छन् ।