हिमालय खबर संबाददाता
क्यालिफोर्निया (अमेरिका)- लसएन्जल्समा सेप्टेम्बर ११, आइतबार बेलुकी ७ बजे लसएन्जल्स गुरुङ समाजको आयोजनामा नेकपा एमालेको केन्द्रीय सदस्य तथा सासद- युवा नेता श्री पार्बत गुरुङसँग छोटो अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो ।
सो कार्यक्रममा सांसद पार्वत गुरुङले अमेरिका आफ्नो निजी भ्रमणमा आएतापनि प्रवासमा रहेका नेपाली समाजसँग अन्तरक्रिया छलफल गर्न पाउँदा आफूलाई खुसी लागेको र अबको राष्ट्रिय राजनीतिमा उधमी र व्यवसायसँग जोड्नु जोड़ दिने आफ्नो मूल एजेण्डा रहेको बताउनुभयो । यसरी सम्पूर्ण पार्टीहरूले शुध्द राजनीति भन्दा आफ्नो राजनीतिक जीवनलाई उधमी र व्यावसायिक सँग जोड्न सकियो भनेमात्र नेपालमा आर्थिक सम्वृदि साथै रूपान्तरण हुनसकिने बताउनु भयों ।
धेरै नेताहरूले विदेश घुम्ने बुझ्ने तर आफ्नो देशलाई बुझ्न नसक्नु सम्पूर्ण नेतृत्व पङ्तिमा कमज़ोरी रहेको बताउनु भयों । अहिले संविधान निर्माण पछि कार्यन्वयनको पक्षमा सबै पक्ष चिन्तित रहेको भन्दै प्रवासी नेपालीहरूलाई समेत राष्ट्र निर्माण तथा मातृभूमि सँग जोडिएका आर्थिक सम्वृदिका लागी जुटौ भन्ने सन्देश दिनुभयो ।
यस कार्यक्रमको सहजिकरण नेपाल अमेरिका एकता समाज संस्थाकी महासचिव डोल्मा लामाले सहजिकरण गर्नुभएको थियो र लसएन्जल्स गुरुङ समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङले स्वागत गर्नु भएको थियो भने अवैतानिक बाणीज्यदुत ऋषि ढकालले लसएन्जल्सको केही वस्तुगत स्थिति साथै मातृभूमि सँग जोडिएर प्रवासी नेपालीहरूको भूमिका र राष्ट्रियता सँगको सम्बन्धको बारेमा आफ्नो भनाई राख्नुभएको थियो ।






प्रतिक्रिया