मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सकियो ” फूटबल (सकर ) फिभर “

सकियो ” फूटबल (सकर ) फिभर “


ह्युस्टन, टेक्सस । विगत डेढ महिनादेखि यहाँको नेपाली समुदायमा फिभर – को रुपमा मानिएको एन ए एच कप फूटबल (सकर ) प्रतियोगिता शनिबार सम्पन्न भयो । 
 
ह्युस्टनको कुलेन पार्कमा शनिबार भएको अन्तिम खेलमा नेपाली भाषी भुटानीहरुको टीम ड्रुक ह्युस्टनले डेड रनरलाई एकका विरुध्द पाँच गोलले पराजित गर्दै एन ए एच कप-  २०१६ को उपाधी जित्न सफल भयो । 
 
हरेक वर्ष नेप्लिज एशोसिएशन अफ ह्युस्टनले यो प्रतियोगिता संचालन गर्दै आएको छ । खेलमा मध्यान्न अघि नै ड्रुक् ह्युस्टनले ४ गोल गरेर आफ्नो विजय संभावनालाई संकेत गरिसकेको थियो । मध्यान्नपछि डेड रनरले १ गोल फर्काउन सफल भएपनि अन्तत: ५-१ को अन्तरमा पराजय भोग्नु पर्यो । 
 
विजेता  तथा उपविजेता टीम र खेलाडीहरुलाई कप, पदक र प्रमाण पत्र प्रदान गरिएको थियो भने विभिन्न विधाका उत्कॢष्ट खेलाडीहरुलाई पनि पुरष्कॢत गरिएको थियो । 
 
प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने ड्रुकका रोशन राई , उत्कॢष्ट गोल रक्षकमा ड्रुककै सनम तामाङ्ग र अनुशासित(फेयर) खेल खेल्ने टीमको उपाधी पियरल्याण्ड टीमलाई पुरष्कॢत गरियो । 
 
यो वर्षको एन ए एच कप संचालन गर्न दिनकर अमात्य , ज्ञानेश्वर श्रेष्ट, न्यूयोर्क लाइफ इन्सुरेन्सका बच्चा तिवारी , भि केयर कम्यूनिटी हेल्थ सर्भिस र ताज हलले सौजन्य गरेका थिए । 
 
प्रतियोगिताको व्यवस्थापन र संचालनमा एन ए एचका सहायक कोषाध्यक्ष एवम् खेलकूद संयोजक विजय वोखिमको उल्लेख्य योगदान रहेको कुरा एशोसिएसनले जनाएको छ । गत वर्ष पनि उनकै सक्रियतामा यस्तो प्रतियोगिता सम्पन्न भएको थियो ।
 
यो वर्ष एन ए एच कप प्रतियोगिताका साथै बच्चाहरुकालागि " किड्स क्याम्प " पनि संचालन गरिएको जानकारी खेलकूद संयोजक वोखिमले दिए । उनकै अनुसार प्रतियोगितामा जम्मा आठ टीमले भाग लिएका थिए ।