मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति ओबामाद्वारा सेप्टेम्बर ११ को स्मरण

अमेरिकी राष्ट्रपति ओबामाद्वारा सेप्टेम्बर ११ को स्मरण


वासिङ्टन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००१ मा अमेरिकाको न्यूयोर्क सहर, पेन्सिल्भानिया र पेन्टागनमा आतङ्कवादी समूह अलकायदाले एक पछि अर्को गर्दै गरेका आक्रमणमा करिब तीन हजार अमेरिकीको निधन भएको दिनको स्मरण गर्दै घटनामा शहादत प्राप्त गर्ने सम्पूर्ण नागरिकको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् । 
 
उनले अमेरिकीलाई आतङ्कवादी हमला गरेर तर्साउन खोजेको बताउँदै अमेरिकी नागरिकसँग जीवन जिउनुको मूल्यका साथसाथै प्रतिरोधक सामथ्र्य रहेको बताए । उनले यसले अमेरिकीलाई आफ्नो परिचयको परिभाषा दिने र अमेरिकी भई बाँच्न अभिप्रेरित गर्ने बताउनुहुँदै सेप्टेम्बर हमलामा मृत्यु हुन पुगेकाप्रति सम्मान व्यक्त गर्दै त्यसपछि जन्मभूमिलाई सुरक्षित पार्न अनवरत काम गर्ने सम्पूर्ण नागरिकको प्रशंसा गरे । 
 
अमेरिकी राष्ट्रपति ओबामाको साप्ताहिक रेडियो तथा इन्टरनेटमार्फत हुने नियमित सम्बोधनका क्रममा सन् २००१ सेप्टेम्बर ११ पछि अमेरिकीका लागि आवश्यक पर्ने धेरै कुरा भइसकेका छन् बाँकी रहेका काममा सबै अमेरिकीलाई परिभाषित गर्ने मूल्य तथा मान्यताका महत्वपूर्ण पक्षमा टेकेर अमेरिकीहरुको प्रतिरोधक क्षमताको प्रदर्शन गर्दै अघि बढ्नुपर्ने बताए ।
 
अमेरिकाको इतिहासमा सबैभन्दा कालो दिन भनेर सम्झिइने सेप्टेम्बर ११ को पूर्वसन्ध्यामा राष्ट्रपति ओबामाले आतङ्कवादीहरु अमेरिकीलाई तर्साउने प्रयास गरे पनि कसैले कहिल्यै डरका कारण आत्मसमर्पण गर्ने छैनन् भने ।
 
हामी अझै पनि अमेरिकाका बहादुर नागरिक हौँ र सधैँ जीवनलाई खतरा मोलेर सत्यका लागि लड्नेछौँ ।
असाधारण अमेरिकीहरु सेप्टेम्बर ११ का विमान अपहरणकारी समूहलगायतका आतङ्ककारीले दिएको पीडालाई आशामा बदलेर अघि बढ्नेछन्, ओबामाले थपे । 
 
उक्त अवसरमा अमेरिकी तीन हजार नागरिकको ज्यान जाने गरी आक्रमण गर्ने अलकायदाका तत्कालीन प्रमुख ओसामा विन लादेनलाई पाकिस्तानमा लुकीछिपी बसेको अवस्थामा अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भएको पनि चर्चा गरे । 
 
राष्ट्रपति ओबामाले अमेरिकीहरु आतङ्कवाद र अलकायदा, इस्लामिक स्टेट समूहलगायतका आतङ्कवादी समूहले मध्यपूर्व र पश्चिमा मुलुकमा सञ्चालन गर्दै आएका आन्दोलनप्रति कठोर रहने प्रतिबद्धतासमेत जाहेर गरे । 
 
अमेरिकी राष्ट्रपति ओबामाले आइतबार ह्वाट हाउसमा बिहान ८ बजेर ४५ मिनेटको समयमा एक मिनेट मौनधारण गरी सेप्टेम्बर ११ आक्रमणको कालो दिनलाई स्मरण गरी मृतकप्रति सम्मान गरेका छन् । एपी