मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बिधानले दिएको अधिकार नडराई उपयोग गर्न अध्यक्ष बिष्टलाई नेता यादवको आग्रह

बिधानले दिएको अधिकार नडराई उपयोग गर्न अध्यक्ष बिष्टलाई नेता यादवको आग्रह


न्यूयोर्क, अमेरिकाको भ्रमणमा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विधानले दिएको अधिकार नडराई उपयोग गर्न जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्टलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसको भातृ संस्था जनसम्पर्क समिति अमेरिकाले संसारका विभिन्न देशबाट न्यूयोर्कमा भेला भएका जनसम्पर्क समितिका अगुवाहरुको स्वागतमा सोमबार न्यूयोर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले समितिको अध्यक्षलाई दिएको प्रस्ट अधिकार प्रयोग गरेर अगाडि बढाउन आग्रह गरेका हुन् । 
 
नेता यादवले जनसम्पर्क समिति अमेरिकामा विवाद लामो समय देखि भए पनि निर्वाचनले नयाँ समिति बनाएको र समितिमा अध्यक्षलाई प्रस्ट अधिकार तोकिएकोले सो अधिकार प्रयोग गर्न सुझाएका हुन् । जनसम्पर्क समिति अमेरिका संसारका सबै देशका लागि उदाहरण आशाको केन्द्र भएकोले यसलाई उदाहरणिय बनाउन नेता यादवको आग्रह थियो । कार्यक्रममा सभासद् मोहन बरालले विधान र निर्वाचनले दिएको परिणाम स्विाकार्नुको विकल्प नभएको बताएका थिए । 
 
कार्यक्रममा एनआरएन अध्यक्ष शेष घलले विदेशमा रहेका नेपालीका प्राय संस्थाहरू सुधारउन्मुख रहेको बताउँदै जनसम्पर्क समितिहरूले एनआरएनसंग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । जनसम्पर्क समिति अमेरिका सभापति आनन्द विष्टको सभापतित्व र केन्द्रीय सदस्य सुन्दर गुरुगंले सन्चालन गरेको कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खग्रेन्द्र क्षेत्री लगायत संसारका विभिन्न देशबाट अमेरिकामा आएका जनसम्पर्क समितिका अगुवाहरुले भनाई राखेका थिए । कार्यक्रमको समापन गर्दै समितिका सभापति विष्टले आफू सदैव लचिलो भएर अगाडि बढ्न खोजेको भए पनि समिति भित्रकै केही व्यक्तिहरूले सदैव व्यक्तिगत ईगोको रूपमा संस्थालाई बदनाम गर्न लागिपरेको बताएका थिए ।