लसएन्जलस (अमेरिका) – अमेरिकाको केन्ससस्थित एक सूचना प्रविधि कम्पनीमा कार्यरत नेपाली युवाको निधन भएको छ ।
नेपालको झापामा जन्मेर लामो समयदेखि लस एन्जलसमा बसोबास गरिरहेका अर्जुन ढुंगानाको शंकास्पद रूपमा निधन भएको हो । उनका साथीहरूका अनुसार, लस एन्जलसको आर्टेशिया बस्दै आईरहेको ढुंगाना केही महिनादेखि कामको शिलसिलामा हाल केन्ससको लरेन्स सिटिमा बस्दै अएका थिए । उनी लरेन्सकै 1202 E 23rd st, suite D, Lawrence, KS,66046 स्थित एक कम्पनि सूचना प्रविधिको क्षेत्रमा कार्यरत थिए।
अकस्मात् अर्जुन ढुंगानाको गत बुधबारको असामयिक निधन भएको र अन्य थप जानकारी भने आउन बाँकीनै रहेको लसएन्जल्सबासी भेषराज आचार्यले जानकारी दिएका छन् । उनको अकस्मात् अल्पायुमै भएको निधनले लस एञ्जलस बासीलाई शोकाकुल बनाएको छ ।
छ महिना अघि मात्र नेपाल गएर उनले विवाह गरेका थिए । तर यहाँ एक्लै बस्दै अएका थिए । स्वर्गीय ढुंगानाको अन्तिम दाह संस्कार गर्नका लागि यथासक्दो उनको शव नेपाल पठाउनको लागि उनको परिवार झिकाउने वा शव नेपाल पठाउने बारेमा छलफल भैरहेको नेपाल अमेरिका एकता समाजकी महासचिव डोल्मा लामाले दिनुभएको छ ।
जसको लागि आर्थिक सहयोगका लागि क्यालिफोर्निया लसएन्जल्स स्थित अमेरिका एकता समाजले देश बिदेशमा बस्नु हुने सबै नेपाली दाजुभाई दिदीबहिनी र समुदाय सदस्यहरुमा सहयोगको अपेक्षा राख्दै अपील गरेका छन् ।
हामी नेपाली प्रवासमा रहँदा भोग्नुपर्ने यस्तो पिडामा सबैले मानवीय ढंगले सहयोग गरौं भन्दै सबैलाई अाह्ववानका साथ नेपाल अमेरिका एकता समाज अघि बढिरहेको संस्थाका अध्यक्ष सुर्य प्रसाईले बताउनुभयो सहयोग गर्नको लागि उनका शुभेच्छुकहरूले गो-फण्डमा खाता खाेलेर सुरूवात गरेका छन् । त्यसका लागि तलको लिंकमा गएर सहयोग गर्न सकिनेछ ।












प्रतिक्रिया