मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा तीज (भिडियो सहित)

अमेरिकामा तीज (भिडियो सहित)


हिमालय खबर संबाददाता 
लसएन्जल्स (अमेरिका)- नेपाल अमेरिका एकता समाजले आफ्नो स्थापनाकाल देखि मनाउदै आएको तीज कार्यक्रम यसपालि पनि भव्य रूपमा चेलीबेटीहरुलाई एकता समाज माइतीको भूमिका निर्वाह गर्दै हिजो साँझ  तारा हिमालयन रेष्टुरेन्ट, आर्टेशिया मा भव्य "हरितालिका तीज शुभकामना साँझ – २०१६" सम्पन्न  गरिएको छ।
 
एकता समाजको आव्हान तथा आयोजनामा  नेपाली परम्परा आफ्नो संस्कृतिको जगेर्ना गर्दै सबै चेलीबेटीहरुलाई एकै थलोमा उपस्थित गरी निःशुल्क दर खुवाउने र सम्पूर्ण चेलीबेटीहरुलाई रातों टिका र पोते उपहार समेत प्रदान  गरिएको जानकारी संस्थाकी महासचिव डोल्मा लामाले  दिनुभयो ।
 
यस कार्यक्रममा लोक गायिका संगिता थापामगरले लसएन्जल्सबासी दिदी बहिनीहरूलाई नचाउदै  आफ्नो रोचक प्रस्तुति गर्नुभएको थियो र एन आर एन आई सी सी का उपाध्यक्ष कुमार पन्तले समेत प्रवासमा रहने दिदिबहिनिहरुको तिज कार्यक्रममा महिला दिदिबहिनिहरु  खुसी हुनु भनेको एउटा घर तथा समाज खुसी हुनु हो I त्यसैले यो तिजको अवसरमा आफूलाई लसएन्जल्समा आएर शुभकामना बाँड्न् पाउँदा गौरवान्वित महसुस गर्दै सम्पूर्ण लसएन्जल्सबासी  चेलीबेटीहरुहरुलाई शुभकामना दिनुभएको थियो ।
 
यस कार्यक्रममा प्रस्तुत स्थानीय नृत्यहरुको संयोजन गर्ने कार्य संस्थाकी कोषाध्यक्ष अन्जना बस्नेतले गर्नुभएको थियो । संस्थागत रूपमा सहभागी सम्पूर्ण दिदिबहिनि तथा दाजुभाईहरुलाई यो कार्यक्रममा ऐक्यबद्धताका साथ सम्पन्न गराउन साथ दिनुहुने सम्मानित  माइतीहरुलाई हार्दिक धन्यवाद दिँदै यस  हरितालिका तीज शुभकामना साँझ कार्यक्रम धेरै रमाइलो, अलि पृथक् र विशेष बनाउन सफल भएको जानकारी  गराउनुभएको छ ।