अमेरिकाको लस एन्जल्समा भएको एक कार्यक्रममा उद्योगपति विनोद चौधरीले आईटि क्षेत्रको विश्व केन्द्रको रूपमा चिनिने अमेरिकाको सिलिकन भ्यालीमा नेपाली उद्दमीहरुको उपस्थिति हुनु पर्छ भन्ने सपना आफूले राखेको बताउनु भएको छ ।
सिलिकन भ्यालीमा नयाँ सोचका साथमा नेपालीले कम्पनी स्थापना गर्न सकेमा राम्रो आम्दानी गर्न सक्ने व्यवसायको रुपमा रहने धारणा चौधरीको थियो ।
एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा आफ्नो विचार राख्दै चौधरीले अगाडी थप्नुभयो-'व्यवसायको आइडिया हुनु ठुलो कुरा हो, जुन बिचारले छलांग मारेर अगाडी लैजान सक्दछ । अमेजन, उबर कम्पनीहरूले जसरी आफ्नो सम्पति बेगर संसारको सबै भन्दा धनी कम्पनी बन्न सफल भए तेस्ता आइडियाहरुलाई हामीले सम्बोधन गर्नु पर्छ ।'
भारत, चीन, अमेरिका सबैमा स्थापना भएका आईटि कम्पनीहरु नयाँ सोचका साथ स्थापना हुँदै चाडो भन्दा चाडो सफलताको शिखर चुम्न सफल भएका छन ।
नेपालीले विश्वको जुनसुकै स्थानको नागरिकता लिएर बसेको भए पनि नेपाललाई सहयोग पुराउने भएको हुँदा प्रवासमा रहेका नेपालीहरूको माग सहीरुपमा सम्बोधन गरी नेपालको विकासमा सहभागी गराउनुपर्ने बताए । प्रवासमा नेपालीहरूका संस्था धेरै भएर केही बिग्रने हैन तर सबैले सम्पन्न नेपालको लागि मिलेर काम गर्न सकेमा यसले सार्थकता दिनेहुँदा सबैले मिलेर काम गर्नको लागि अनुरोध गर्नुभयो ।
एशियन अमेरिकन अधिकारकर्मी डा.नजिरा दाउदले महिलालाई शिक्षित बनाउने हो भने घर, समाज र देश नै शिक्षित बन्दै देशको अवस्था फेर्न सक्ने हुँदा सबै महिलाहरुलाई आफ्नो शक्तिको पहिचान गरि निस्कन अनुरोध गरिन । डा.दाउदले अमेरिकामा रहेका नेपाली, इन्डियन वा अन्य अल्पसंख्यक समुदाय स्वास्थ्यको सुबिधा लिने क्रममा धेरै पछाडी रहेको हुँदा आफ्नो स्वास्थ्यमा कुनै समस्या आउनु भन्दा अगावै स्वास्थ्य केन्द्रमा जान अनुरोध गर्नुभएको थियो । अमेरिकामा सरकारले स्वास्थ्यको सुबिधा प्रदान गरेको हुँदा निर्वाध रुपमा यस सम्बन्धि सल्लाहा र सुबिधा लिएर स्वस्थ रहन, आफ्नो जन्मभूमिमा यहाको शिप र प्रविधि सिक्दै कुनै पनि क्षेत्रमा गएर योगदान पुर्याउन सक्ने धारणा समेत उहाँको थियो ।
सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनआरएनएका उपाध्यक्ष कुमार पन्तले प्रवासीहरुको माग सही रूपमा सम्बोधन गर्नको लागि आफुहरु सदैव लागिपरेको बताउनुभयो । लामो समयदेखि एनआरएनको अभियानमा लागेका पन्तले बिश्वका हर क्षेत्रमा रहेका प्रवासी नेपालीहरुका समस्यालाई पहिचान गर्दै सही ढंगमा सम्बोधन गर्न आफुहरु लागि परेको, नयाँ परिवेशमा एनआरएनको दिशा समेत नयाँ ढंगबाट सोच्नु पर्ने भएको हुँदा यस पटकको अधिबेशनमा नयाँ नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।
बरिष्ठ कानुनविद, आईसिसि सदस्य तथा एनआरएनए नागरिकता कार्यदलका संयोजक खगेन्द्र जिसीले नेपालको संविधानले राजनैतिक अधिकार बाहेकको प्रावधान रहेको नेपाली नागरिकता प्रदान गर्ने संबिधान बनेको भएतापनि नागरिकता एेन र नियमावलीहरु पुराना भएका हुँदा दोहोरो नागरिकताको प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नको लागि आफुले प्रयास गरीरहेको बताउनुभयो ।
एनआरएनएका पुर्व आईसिसि सदस्य राजेन्द्र शिवाकोटीले अमेरिकामा रहेको नेपाली समुदायमा रहेका अबसर, चुनौती, लगानीका क्षेत्र र उद्योगपति चौधरीसँग साझेदारी गर्न सकिने क्षेत्रहरुका बारेमा प्रस्तुति समेत गरेका थिए ।
सो कार्यक्रममा आफो मन्तब्य राख्दै बाणिज्यदुत ऋषि ढकालले नेपालीहरु ठुलो ब्यबसायमा लगानी गर्ने अबस्थामा नभएको हुँदा ब्यबसायिक अनुभव भएका चौधरी ग्रुप जस्ता प्रतिस्ठानबाट गरिने ब्यबसायमा सबै नेपालीहरुलाई सानो लगानीको हिस्सा प्रदान गर्ने हो भने भोलीका दिनमा धेरै बिलिनियर नभए पनि मिलिनियर बनेर निस्कन सक्ने अबस्था रहेको बताउनु भयो ।
सो कार्यक्रममा क्याल स्टेट लंगबिचका डीन जित जोशी, सानफ्रान्सिस्कोमा बन्न लागेको सामुदायिक केन्द्रका संयोजक उत्तम कार्की, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य तथा अनुशाशन बिभाग प्रमुख चन्द्र धिताल, एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराइ, एएनएका नव निर्वाचित अध्यक्ष डा. शम्भु ढुंगाना, सियाटलका मोहन गुरुङ, श्रीपशुपतिनाथ फाउनडेशनका अध्यक्ष भक्त थापा लगायतले आफ्नो सानो मन्तब्य राख्नुभएको थियो ।
क्रिस्टोफर घिस र किशोर लोहनीले भूकम्प प्रतिरोधात्मक तथा बातावरण मैत्री प्रकृतिको घरको बारेमा सानो जानकारी दिंदै भुकम्ले तहसनहस भएको देशमा यस्ता प्रकारका प्रविधिहरुको प्रयोग गर्नुपर्नेमा अनुरोध गरेका थिए ।
क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानियाँको सभापतित्वमा भएको थियो भने कार्यक्रम संचालन पत्रकार पुरुषोतम ढकालले गरेका थिए ।
उधोगपति चौधरीले आफ्नो कम्पनीको उत्पादन चांडैनै अमेरिकी बजारमा आउने बताउनु भयो ।






प्रतिक्रिया