मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिकाको ड्यालसमा एनआरएनको चलपल

अमेरिकाको ड्यालसमा एनआरएनको चलपल


ड्यालस(अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) ड्यालस च्याप्टरको आयोजनामा हुन गैरहेको अन्तरक्रिया कार्यक्रमको लागि विभिन्न देशबाट एनआरएन पदाधिकारी, सुभचिन्तक, बुध्दिजीवी, पत्रकारहरु टेक्ससको ड्यालस सहरमा आउने क्रम जारी छ ।  
 
यसै क्रममा आजै एक सफल होटल व्यवसायी एवम् एनआरएन आईसीसीका उपाध्यक्ष कुमार पन्त, जर्मनवाट ड्यालस आई पुग्नु भएकोछ । उनलाई आजै डी.एफ.डब्लु अन्तर्राष्ट्रिय बिमानसलथलमा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी. पोखरेल, कोषाध्यक्ष वेद बस्नेत, नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामीछाने, नेपाली जन सम्पर्क समिति अमेरिकाका सल्लाहकार अमृत सापकोटा र नेपाली जनसम्पर्क समिति वेष्ट टेक्ससका सभापति हरिबोल भण्डारी लगायतका महानुभावहरुले स्वागत गर्नु  भयो ।  
अमेरिकाको न्यजर्सीमा आगमी अगस्त २७ र २८ मा हुन गैरहेको नबौ क्षेत्रीय भेलामा सहभागी हुने क्रममा नेपालबाट र विश्वका अन्य मुलुकहरुबाट ठुलो सङ्ख्यामा विभिन्न महानुभावहरु अमेरिका आउने क्रम जारी छ  । 
यसै कार्यक्रमको सिलसिलामा अमेरिकामा रहनु भएका नेपालका मल्टिनेसनल बिलिनियर' विनोद चौधरी पनि अमेरिकाका विभिन्न राज्यहरूमा नेपालीहरूका सँग छलफल र अन्तरक्रिया कार्यक्रम राखिएको छ  ।
 
नेपाली समुदायमा एक सफल व्यवसायीको सफलताका गाथाहरु आम नेपालीहरुमाझ पस्कने क्रममा गैर आवासीय नेपाली संघ (एनआरएन) टेक्सस च्याप्टरको आयोजनामा हुने अन्तरक्रियामा सहभागी हुन चौधरी यही अगष्ट २० तारिक दिउसो १ बजे ड्यालस आउन लागेका हुन् ।
 
नेपाली समाज टेक्ससको अर्बिङस्थित नेपाली मन्दिरको हलमा अगष्ट २० तारिख बेलुका ५ बजे देखि सञ्चालन हुने उक्त अन्तरक्रियात्मक छलफलमा चौधरीसंगको अनुभवको आदानप्रदान लगायत अन्य विशिष्ट पाहुनाहरुका विचारहरूमा छलफल गरिने आयोजक एनआरएन टेक्सस च्याप्टरको जानएको छ ।

 

Advertisement
ADVERTISEMENT

शेयर गर्नुहोस:

0
Shares