अभिनेता रमेश उप्रेतिले आफ्नो फिल्मका लागि लिडिंग लेडी तय गरेका छन् । उनको अभिनय तथा निर्माण रहने फिल्म ‘ऐश्वर्य’मा रमेशले दीपिका प्रसाईसँग रोमान्स गर्ने भएका छन् । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन्।
निर्देशक भट्टराईले अडिसनबाट दीपिका फाइनल भएको जानकारी गराए । २२ वर्षकी दीपिकाले फिल्म भित्र सुपरमोडलको रुपमा अभिनय गर्नेछिन् ।
वैष्णोदेवी फिल्मको ब्यानरमा बनेको फिल्ममा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि निर्माताको रुपमा रहनेछन् । फिल्ममा प्रशान्त ताम्रकार र केकी अधिकारी पहिलेदेखि नै फाइनल छिन् ।
भदौको अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् भने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । फिल्मलाई दिवाकर स्वयंले लेखेका हुन् ।
एक समयका चर्चित अभिनेता रमेश उप्रेति यही महिनाको १७ गते ‘ब्रासलेट’ मार्फत् अभिनयमा फर्किएका हुन् । निखिल र बिराजपछि कमव्याक गर्ने अभिनेताको रुपमा रमेशलाई उत्सुकताको नजरले हेरिँदै आएको छ । फिल्म डेढ करोडको लगानीमा बन्न लागेका हो ।
प्रतिक्रिया