हिमालय खबर संबाददाता
लसएन्जल्स (अमेरिका)– नेपाल अमेरिका एकता समाजले आफ्नो स्थापनाकाल देखि मनाउदै आएको तीज कार्यक्रम यसपालि पनि भव्य रूपमा मनाउन र चेलीबेटीहरुलाई एकता समाज माइतीको भूमिका निर्वाह गर्दै भव्य "हरितालिका तीज शुभकामना साँझ – २०१६" कार्यक्रमको आयोजना गरिएको छ।
एकता समाजको आव्हान तथा आयोजनामा सबै चेलीबेटीहरुलाई एकै थलोमा उपस्थित गरी निःशुल्क दर खुवाउने कार्यमा माइती बनी दिनु हुन समेत अनुरोध गर्दै एकता समाज समुदाय सदस्यहरूको सहभागिता तथा ऐक्यबद्धता प्रति सबैमा धन्यवाद र आभार प्रकट गर्द्छ I
एकता समाज कार्य समिति सदस्य तथा सम्मानित माइतीहरुले लसएन्जल्सबासी चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम यही अगष्ट २२ का दिन साँझ ६:०० बजे बेलुकी देखी तारा हिमालयन रेष्टुरेन्ट, आर्टेशिया मा हुँदैछ । यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन अजित डुढ़ेकर, तारा गुरुङ, ऋषि ढकाल , रामबाबु पाण्डे , कृष्ण कोइराला, राम लामा, बिमल गुरागाईं, मुकुन्द ढुंगाना, राजेश पाण्डे, एकराज पाण्डे, अनिल के सी, याम थापा, भक्त थापा ,दीपक पाठक, शम्भु ढुंगाना, राजेन्द्र शिवाकोटी, बासु घिमिरे ,डिल्ली थापा, दिल श्रेष्ठ, युवराज ओली, बिमल श्रेष्ठ , तिलक कार्की ,सुरेन सापकोटा, गोकुल पौडेल ,प्रेम गुरागाईं ,बलराम थापा, हेमराज भट्ट, सुदिप पन्त , नेत्र मैनाली , ओम खड्का , कृष्ण गुरुङ , नकुल श्रेष्ठ , तारक रिजाल , कृष्ण मिश्र , अग्नि चौलागाई , उपेन्द्र सापकोटा ,राजेश निरौला ,योगेन्द्र बिमली, पुरुषोत्तम ढकाल, शान्तिराम ढकाल, राम जी गौतम, रेख उप्रेती, केदार पौडेल साथै नेपाल अमेरिका एकता समाज का सम्पूर्ण कार्यसमिति सदस्य सूर्य प्रसाई , टेक लामा , चन्द्र शिवाकोटी , नवीन पोख्रेल, चक्रपाणी मिश्र , ज्ञानेन्द्र गुरुङ, बिरबल बुढाथोकी , बद्रि बराल , सिद्दार्थ सिलवाल , देवी घिमिरे तथा हाम्रा चेलीहरु डोल्मा लामा , अन्जना बस्नेत पौडेल र तुलसा कार्की समेत यो शुभ कार्य सम्पन्न गराउन उत्साहका साथ माइती बनिन उभिनु भएको छ ।
एकता समाजसंग माइती बनिन इच्छुक समुदाय सदस्यहरूले संस्थागत रूपमा अगस्ट २० तारिख सम्म सम्पर्क गर्न समेत अाह्वान तथा अनुरोध गरेका छन् ।
यस हरितालिका तीज शुभकामना साँझमा उपस्थितिका लागि संस्थाको अध्यक्ष सूर्य प्रसाई सम्पूर्ण दाजु भाइ दिदी बहिनीहरुमा हार्दिक अनुरोध गर्दै यो वर्षको हरितालिका तिज कार्यक्रम अलि पृथक् र विशेष हुने जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया